नेवाको अध्यक्षमा तिला श्रेष्ठ


IMG_3461सुर्खेत, १९ चैत  ।
नेवाः देय्ः दबूका केन्द्रिय उपाध्यक्ष दिपक शाक्यले अब नेवारहरुले पनि नेतित्व लिनुपर्ने साथै भरखरै सन्शोधन भएको विधान अनुशार नेवाः देय्ः दबुको महाधिवेशनसु–सम्पन्न गर्नु पर्ने साथै नया बिधान अनुशारको केन्द्रिय समिती गठन हुनुपर्ने कुरालाई छलफलका रुपमा अगाडि बढाएको शाक्यको भनाई रहेको छ ।

नेवाः देय्ः दबूको शनिबार वीरेन्द्रनगरमा सम्पन्न चौथो अधिवेशनमा  बोल्दै उपाध्यक्ष शाक्यले सो कुुरा बताएका हुन् । उनले आदिवासी जनजातीहरुमा  महिलाहरुलाई आर्थिक सामाजिक रुपमा बलियो बनाउनका लागि केन्द्रिय स्तरिय महासंघले मह्त्वपूर्ण सहयोग गर्नुपर्ने भन्दै आउँदा दिनमा समाजको हरेक क्षेत्रको विकासका लागि आदिवासी महिलाहरु लाग्नुपर्ने बताएका छन् ।

फरक प्रसंगमा उनले आगामी बैशाख ८ र ९ गते दा¨मा सम्पन्न हुन गईरहेको अधिवेशनमा सुर्खेत जिल्लाबाट केन्द्रिय एवंम् प्रदेश नम्बर ६का लागी केन्द्रिय उपाध्यक्षका लागि सहि उम्मेदवार पठाउन आवश्यक्ता रहेको औल्याएका छन् ।यस्तै कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वयन परिषद सुर्खेतका अध्यक्ष पञ्च सिंह रोकायले आगामी स्थानिय निवाचनमा आदिवासीहरुको उपस्थित एवंम् उम्मेदवारीता महत्वपूर्ण हुने बताएका  छन् । उनले जहिले पनि आदिवासी जनजातीहरुलाई राजनैतिक दलहरुले नेतित्व नदिई कार्यकर्ताको रुपमा मात्र प्रयोग गर्दे आईरहेको बताएका छन् ।

कुनै पनि क्षेत्रमा निरन्तर लाग्दै गएको खण्डमा सफलता हात पर्दै जाने भन्दै उनले अब जनजातीहरुको नेतित्व मार्फत समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नका लागि सुझाव दिए  । चौथो अधिवेशनका संस्थाका लवमान श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले विगतमा गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी दिए भने कोषाध्यक्ष राजन प्रकाश शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेवाः देय्ः दबू जिल्ला कार्य समितीका  अध्यक्ष जीवन कुमार शाक्यको अध्यक्षतामा सम्पन्न अधिवेशनमा आदिवासी जनजाती महिला महासंघ जिल्ला अध्यक्ष कृष्णा वंशी मगर, आदिवासी जनजाती नगर समन्वयन परिषदका अध्यक्ष कर्णबहादुर राना, मगर संघ जिल्ला सचिव प्रमोद बाह«घरे, सल्लाहकार भुषण कुमार मान्नधर, श्यामदास श्रेष्ठ, काली प्रसाद शाक्य यसै गरी बुद्धिजीवी द्धोय पूर्णमान श्रेष्ठ र याम बहादुर श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । नेवाः देय्ः दबू जिल्ला कार्य समितीका सदस्य मिलन श्रेष्ठले सहजीकरण गरेको अधिवेशनमा उपाध्यक्ष तीला श्रेष्ठले  स्वागत मन्तव्य राखेका थिए ।

IMG_3454शनिवार वीरेन्द्रनगरमा समापन भएको चौथो महाधिवेशनबाट तीला श्रेष्ठको अध्यक्षतामा १७  सदस्यीय कार्य समिती चयन गरेको छ जसको उपाध्यक्ष लवमान श्रेष्ठ, सचिवमा बालकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा प्रवाशकुमार शाक्य र सदस्यहरुमा उर्मिला श्रेष्ठ, नन्दा श्रेष्ठ, समिता मानन्धर, कुमार श्रेष्ठ, मिथिला श्रेष्ठ, मि. कार्लमाक्स श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, सुरेश मानन्धर, रवि शाक्य, कान्ति श्रेष्ठ, सरोज कुमार श्रेष्ठ, सृजना श्रेष्ठ र रभि मानन्धर रहेका छन् भने सल्लाहकारहरुमा गणेश कुमार श्रेष्ठ, यामबहादुर श्रेष्ठ, पूर्णमान श्रेष्ठ, सुन्दरमान श्रेष्ठ र राजन प्रकाश शाक्य रहेका छन् भने संरक्षकहरुमा भुषण कुमार मानन्धर, काली प्रसाद शाक्य, श्यामदास श्रेष्ठ, ध्रुव कुमार श्रेष्ठ, विधाभूषण मानन्धर र सुर्यकुमारी श्रेष्ठ रहेका छन् भने यहि बैशाख ८ र ९ गतेका दिन दा¨मा सम्पन्न हुन गईरहेको अधिवेशनका प्रतिनिधिहरुको दबूको जिल्ला कार्य समितीको पहिलो बैठले निर्णय गर्नै सचिव बालकृष्ण श्रेष्ठले जानकारी दिए ।