नेपालगञ्जमा चार पार्टीबीच प्रतिस्पर्धा हुने 


नेपालगञ्ज, चैत २२ गते ।  प्रदेश नम्बर ५ को महìवपूर्ण र ठूलो व्यावसायिक केन्द्र तथा आर्थिक राजधानी नेपालगञ्ज उप–महानगरपालिकाको मेयर र उपमेयरका लागि सबै प्रमुख दलले सशक्त उम्मेदवार उतार्ने तयारी गरिरहेका छन् ।
पश्चिम नेपालकै प्रमुख नगर भएकाले पनि सबै दलको आँखा र ध्यान यहाँको प्रमुख पदमा केन्द्रित भएको छ ।  नेपालगञ्जको मेयरका लागि पूर्व सभासददेखि सांसदमा पराजित र पार्टीका केन्द्रीयतहका नेताले दावी गरिरहेका छन् ।
मेयर पदका लागि नेपाली काँग्रेसबाट बाँके पार्टी सभापति किरण कोइराला, पूर्व उपमेयर सुरेन्द्र हमाल, डा. सुरेश कनौडिया, व्यवसायी नेता अच्युत प्रसाई, निजामुद्दिन सिद्दिकी, मोहम्मदी सिद्दिकी, निरञ्जनसिंह सिजापति, प्रशान्त विष्ट, रमेश गुप्तालगायतले दावी गरिरहनुभएको छ ।  बाँके पार्टी सभापति किरण कोइराला पूर्व प्रधानमन्त्री सुशील कोइरालाकी भाइ–बुहारी हुनुहुन्छ ।
एमालेबाट पूर्व उपमेयर सम्सुद्दिन सिद्दिकी, केन्द्रीय नेता मोहम्मद हारुन, व्यवसायी नेता कृष्णप्रसाद श्रेष्ठ, पुराना नेता विजय गुप्ता, महिला नेतृ शान्ति ढकाल, विजया धिताल, दमनकुमार श्रेष्ठ र प्रमोद धितालले दावी प्रस्तुत गर्नुभएको छ ।

साभारः गोरखापत्रअनलाइन