
पवन जायसवाल ।
नेपालगञ्ज (बाँके) राष्ट्र गुरु योगी नरहरिनाथको ११० औ जन्म जयन्तीको अवसरमा विश्व हिन्दू परिषद नेपाल बाँके जिल्लाद्वारा निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो ।
नारायण माध्यमिक विद्यालय नेपालगञ्जको कक्षा –९ मा अध्ययनरत छात्र–छात्राहरुमा निबन्ध प्रतियोगिता गराइएको थियो । उक्त प्रतियोगितामा प्रथम मौसम थारु, द्वितीय बिष्णु रोकाय र तृतीय खगेन्द्र शाही भएका थिए । प्रथम, द्वितीय र तृतीय र सान्त्वना भएका छात्र–छात्राहरुलाई नगद राशी सहित प्रमाण–पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा मुख्य अतिथि विश्व हिन्दू परिषद नेपाल राष्ट्रिय महिला विभाग प्रमुख कृष्णा देवी पाण्डेय, विशिष्ट अतिथि विश्व हिन्दू परिषद नेपाल कर्णाली प्रदेशका उपाध्यक्ष कृष्ण मुरारी प्रसाद भट्ट, आतिथ्यहरुमा राज कुमार रौनियार, प्रेम कुमार शर्मा, रमेश कुमार श्रीवास्तव, मनोज राजा श्रीवास्तव, अशोक गुप्ता रहनुभएको थियो ।
विश्व हिन्दू परिषद बाँके जिल्ला अध्यक्ष राम शंकर द्विवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Prawash Kumar Shakya । २८ फाल्गुन २०८१, बुधबार ११:१३ बजे