
सुर्खेत, ८ वैशाख ।
देउती बज्यै मन्दिरमा पूर्वाधार विकास समितिको आयोजनामा शुरु भएको धनधान्याञ्चल विराट महायज्ञको दोस्रो दिनसम्म नगद ९ लाख संकलन भइसकेको छ भने ५० लाख बढि दान गर्ने प्रतिवद्धता गरेका छन् । शनिबारसम्म संकलन भएको दानमा यज्ञशाला निर्माणका लागि मुकुन्दश्याम गिरीले नगद ५१ हजार र १५ लाख दान बोलेका छन् । यसैगरी शिव मन्दिर निर्माणका लागि डाक्टरसिं गुरुङ्गले नगद ७० हजार र १५ लाख र दुर्गा मूर्ति निर्माणका लागि ओम कुमारी गौतमले १५ लाख दान प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
महायज्ञको दोस्रो दिन शनिबार मन्दिर परिसर भक्तजनहरुले खचाखच भरिएको थियो । रुद्री, चण्डी पाठ लगायत प्रमुख वाचक वासुदेव आचार्यले कथा वाचन गरेका छन् । पूर्वाधार विकास समितिका अनुसार ५० वटा भन्दा बढी श्रीयन्त्र बिक्री वितरण भएको छ । एउटा श्रीयन्त्र बराबर २ हजार १ सय मूल्य राखिएको यो श्रीयन्त्र विशेष पूजन भएकोले यसलाई घर तथा व्यापारिक पूजा कोठामा राख्नले लक्ष्मी प्राप्ति हुने विश्वास गरिएको छ ।
भक्तजनहरुको सुविधाको लागि प्रत्येक विहान ११ बजे मंगलगढीचोक, धुलियाविटचोक र बाङ्गेसिमलचोकबाट निःशुल्क गाडिले ल्याउने र साँझको आरती भइसकेपछि पुनः सम्बन्धित स्थानहरुमा नै निःशुल्क पु¥याउने व्यवस्था गरिएको छ ।
वैशाख १५ गतेसम्म हुने महायज्ञमा प्रत्येक दिन भगवती श्रृङ्गार पूजा, पाठपरायण, हवन शिवपूजा, नित्य हवन पाठपरायण, श्रीयन्त्र पूजन, दाताहरु सम्मान तथा भजन किर्तन, कथा प्रवचन लगायतका कार्यहरु गरिने पूर्वाधार विकास समितिले जनाएको छ ।
साभारः देउती खबर ।



Milan Shrestha । ८ बैशाख २०७५, शनिबार १६:०६ बजे