अन्तरक्रिया सम्पन्न


दिलप्रसाद शर्मा

सुर्खेत, २२ चैत ।  सहकारी संघ संस्थाहरुको वित्तिय कारोबार तथा सुशासनमा विशेष सहयोग पुग्ने उद्देश्यले सहकारीमा सुशासन र कर व्यवस्था विषयक एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय सुर्खेत र करदाता सेवा कार्यालय सुर्खेतको आयोजनामा अन्तरक्रिया भएको हो ।

राष्ट्रिय सहकारी बैंक लिका संचालक हरिहरनाथ योगीले सहकारीको प्रबर्द्धनका लागि राष्टि्रय सहकारी बैंक लिको भुमिका महत्वपूर्ण भएको हुँदा आ–आफ्नो क्षेत्रबाट सहयोगका लागि अनुरोध गरे । डिभिजन सहकारी कार्यालय प्रमुख  देवीप्रसाद पौडेलले सहकारीमा सुशासन, करदाता सेवा कार्यालय प्रमुख यज्ञराज ढकालले सहकारीमा कर विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

अन्तरक्रियामा जिल्ला सहकारी संघ लिका अध्यक्ष अमृत वि.सि, जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णबहादुर भण्डारी, जिल्ला कृषी सहकारी संघ लिका अध्यक्ष लक्ष्मीप्रसाद गौतम, सहकारी विज्ञ डा. दिपबहादुर रावल लगायतले भनार्इ राखेका थिए । अन्तरक्रियामा विभिन्न संघ संस्थाका अध्यक्ष, संचालक, प्रबन्धक र कर्मचारीहरु गरी दुर्इ सय जनाको सहभागिता रहेको थियो । राष्ट्रिय सहकारी बैंकका प्रबन्धक संचालक केबी उप्रेतीको अध्यक्षतामा र संचालक पदम दाहालको प्रमुख आतित्थ्यमा अन्तरक्रिया भएको हो ।