मुगुको छायाँनाथ नगरपालिकाको ९ नम्बर वडामा निर्विरोध नेतृत्व चयन


१९ बैशाख, काठमाडौं । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाको ९ नम्बर वडा नेतृत्व निर्विरोध निर्वाचित भएको छ ।

प्रमुख तीन पार्टी माओवादी, कांग्रेस र एमालेले पदको भागवण्डा गरी निर्विरोध निर्वाचित हुने व्यवस्था मिलाएका हुन् । वडा अध्यक्षमा माओवादी केन्द्रका मणिचन्द्र रोकाय निर्विरोध भएका छन् ।

यस्तै नेपाली कांग्रेसले दुई सदस्यमा अदवीर रोकाय र दलित महिला सदस्य पाएको छ । एमालेको भागमा एक खुल्ला सदस्य र एक महिला सदस्य परेको थियो ।

तीनवटै दलले मिलेर उम्मेदवारी दिएका कारण सबै उम्मेदवार निर्विरोध निर्वाचित भएको माओवादी केन्द्रका जिल्ला नेता देवी रोकायले जनाएका हुन् ।

उक्त वडामा कुल १ सय ६३ मतदाता रहेका थिए ।

साभारः अनलाइनखबर