मेयर बालेनको फेसबुक मार्फत केन्द्र सरकारलाई झटारो


३० चैत्र, काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज फेरी एक स्टाट्स लेख्दै केन्द्र सरकारलाई झटारो हान्नुभएको छ ।

मेयर बालेनले फेसबुकमा “कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, सस्कृती , कला, सभ्यता चाहिन्छ, राजनिती हैन ।” भन्ने स्टाटस लेख्दै केन्द्र सरकारलाई झटारो हान्नुभएको हो ।

मेयर बालेनले महानगरलाई असहयोग गरेको भन्दै फेसबुक मार्फत स्टाटसबाट विरोध गर्दै आउनु भएको छ । उहाँले केही दिन अगाडी सिंहदरवारको फोहर नउठाने भन्दै स्टाटस लेखेपछि हंगामा नै मच्चिएको थियो  ।

हेर्नुहोस स्टाटस