१९ असार, सुर्खेत । खेलकुद पत्रकार दिवसको दिन पारेर कर्णाली प्रदेश मै पहिलो पटक गाउँ पालिकाको आर्थिक सहयोगमा सिम्ता गाउँ पालिकामा जिम क्लवको स्थापना गरिएको छ । गाउँ पालिकाका युवाहरुको स्वास्थ्यलाइ ध्यान दिदै गाउँ पालिकाको जामुनेबजार नजिक जिम क्लको स्थापना गरिएको हो ।
जिम क्लवको उद्घाटन गर्दै सिम्ता गाउँ पालिकाका अध्यक्ष कविन्द्रकुमार के.सी.ले युवाहरुको शारिरिक सुगठन तथा अनुशासित यूवाको रुपमा रुपान्तरण गर्न विभिन्न युवाहरु कुलतमा ध्यान नजाओस भन्दै क्लवको स्थापना गरिएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अथिति अध्यक्ष के.सी.ले वडा कार्यालय तथा युवाहरुको मागलाई सम्बोधन गरि जिम क्लवका विभिन्न सामाग्री खरिद गरिएकाले सहि सदुपयोग गर्न सुझाव दिनुभयो । कर्णाली प्रदेशमै पहिलो पटक गाउँ पालिकाको आर्थिक सहयोगमा तयार गरिएको जिम क्लवले कुलत लगायत विभिन्न दुर्व्यवसनबाट बच्नका लागि पनि सबैले मिलेर सदुपयोग गर्न अध्यक्ष के.सी.ले जानकारी गराउनुभएको छ ।
कार्यक्रममा ६ नं वडा अध्यक्ष राजेन्द्र सिहले कार्य पालिकाको आर्थिक सहयोगमा तयार गरिएको जिम क्लवलाई कुनै दुरुपयोग नगरि प्रयोग गर्न आग्रह गर्नुभएको छ । करिब ७ लाख रुपयाँको लागतमा तयार गरिएको जिम क्लवमा जिम सम्बन्धी विभिन्न सामाग्रीहरु खरिद गरि सञ्चालन समिती समेत चयन गरिएको छ ।
यस्तै कार्यक्रममा युवाहरु सबैले मिलेर क्लवको संरक्षण गरिने प्रतिवद्धता समेत जनाएका छन ।



Prawash Kumar Shakya । १८ असार २०७५, सोमबार १६:२४ बजे