अध्यक्षमा पुनः जिसी


IMG_20170722_134930

७ साउन । सुर्खेत । वीरेन्द्रनगर ९ सुर्खेत स्थित मंगलगढी मिलन टोल विकास संस्थाको अध्यक्षमा पुन कमलबहादुर जिसी चयन हुनभएको छ ।

संस्थाको आज सम्पन्न दोश्रो साधारण सभाले जिसी लगाएत पुरानै कार्यसमितिलाई पुन सर्वसम्मत चयन गरेको हो ।

सभाको उद्घाटन गर्दै वडा नं ९का अध्यक्ष सुरेश मानन्धरले टोलटोल बाट जनता जगरुप भै टोल विकास गर्दै जाने हो भने सम्पूर्ण वडाको विकास हुने भएकोले टोलबासीहरुले दत्तचित्त भै आआफ्नो टोल विकास गर्न अगाडी सर्नुपर्नेमा जोडदिनुभयो । साथै अध्यक्ष मानन्धरले साविकको वडा न‌ं १७ र १५ मिलेर बनेको वडा नं ९ मा रहेका २९वटा टोल विकास संस्थाहरुमा मंगलगढी मिलन टोल उत्कृष्ट टोल रहेको औल्याउनुभयो ।

संस्थाका सचिव खगेन्द्रविक्रम राणाले प्रगतिप्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष रिता थापाले आयव्यय प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वडा नं ९ कै बौद्ध टोल विकास संस्थाका अध्यक्ष प्रवाशकुमार शाक्यले मंगलगढी मिलन टोलको कार्य प्रति प्रशंसा गर्नुभएको थियो ।  त्यसै गरि सभामा प्रशान्ति बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारीका अध्यक्ष पञ्चसि‌ंह रोकाया साझा सहकारीका मदन खड्का नवज्योती सहाकारीका सुशिला राणा थापा तथा सामुदायिक परिचालिका भविसरा गिरीले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

संस्थाका वरिष्ठ सदस्य विश्वराज वोगटीले स्वागत गर्नुभएको पहिलो चरणको कार्यक्रमको सहजीकरण संस्थाका सहसचिव टंकबहादुर कार्कीले गर्नुभएको थियो भने दोश्रो चरणको कार्यक्रमको सहजीकरण संस्थाका सदस्य गणेश थापाले गर्नुभएको थियो ।

सभामा टोलले मुठ्ठीदान संकलन गरेको छ संकलित मुठ्ठीदान प्रशान्ति बृद्धाश्रमलाई प्रदान गरिने नवनिर्वानित अध्यक्ष कमलबहादुर जिसीले बताउनुभयो ।