फोनिज सुर्खेतको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत चयन


२४ मंसीर, सुर्खेत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुर्खेतको अध्यक्षमा मिलन श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।

वीरेन्द्रनगरमा आज सम्पन्न फोनिज सुर्खेतको चौथो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा मनिषा गुरुङ्ग सचिवमा लक्ष्मण बुढामगर सहसचिव (महिला)मा करिष्मा चौधरी र कोषाध्यक्षमा दिपा गाहामगर सर्वसम्मत चयन हुनुभएको छ । भने सदस्यहरुमा दिर्घराज छन्तेल, सन्तोष श्रेष्ठ, टंक पुलामी, मिलन थापा मगर, गणेश ठाडामगर, विनिता घर्ती मगर र बालकृष्ण श्रेष्ठ चयन हुनुभएको छ ।

अधिवेशनमा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले आफ्नो समुदायको हकअधिकार तथा पत्रकारितामा क्षमता अभिबृद्धी  जनजाति पत्रकारहरु आग्रह गर्नुभयो

त्यस्तै अधिवेशनका प्रमुख अतिथी फोनिज कर्णाली प्रदेश ईन्चार्ज अशोक राजीले आफ्नो हकअधिकार र जनजातिहरुको आवाज बुलन्द पार्नकालागि सम्पूर्ण जनजाति पत्रकारहरु एकहुनुको विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा प्रेस सेन्टर नेपालका नवनिर्वाचित केन्द्रिय सदस्य ललित गाहामगरले नवनिर्वाचित पदाधिकारी सदस्य शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका नवनिर्वाचित केन्द्रिय सदस्य ललित गाहा र नेपाल पत्रकार महासंघ सुर्खेत शाखामा निर्वाचित कल्पना ढेङ्गा मगरलाई फोनिज सुर्खेतका अध्यक्ष प्रवाश कुमार शाक्यले सम्मान गर्नुभएको थियो ।