
१९ साउन । काठमाडौं । राजधानीको सुन्धारास्थित सिटिसी मलको चौथो तल्लामा आज एक समारोहका विच नेपाली चलचित्रका महानायक राजेश हमालले ईजी मोबाइल केयर समुद्घाटन गरेकाछन् ।
दिनानुदिनु मानिसहरुको मोबाइल प्रति बढी रहेको मोहलाई मध्यनजर गर्दै मोबाइल व्यवसायको क्षेत्रमा नौलो अवधारणा सहित मोबाइल बजारमा अझैपनि ग्राहकहरुले चाहे अनुसारको सेवा सुविधा नपाएको हुँदा ग्राहकहरुलाई सस्तो मुल्यमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएर इजी मोबाइल केयर संचालन गरेको केयरका अध्यक्ष संजित पौडेल बताए ।
केयरले मोबाइल विक्रीवितरणका लागि अनलाइन पनि संचालन गरेको छ । अनलाइन खरिद गर्नकालागि www.easymobilecare.com लगईन गर्नुपर्ने छ ।

अनलाइन र अफलाइनमा ५० हजार भन्दा कम मूल्यको मोबाइलमा २० प्रतिशत डाउन पेमेन्ट तथा५० हजार भन्दा माथिको मूल्य रहेको मोबाइल फोन किन्दा ३० प्रतिशत डाउन पेमेन्ट गरेपछि ६ महिना, ९ महिना र १२ महिनाको मासिक किस्ताबन्दी मध्ये एक छनौट गरेर शुन्य प्रतिशत ब्याजदरमा मोबाइल खरिद गर्न सक्ने केयरका अध्यक्ष सञ्जित पौडेलले बताउनुभयो ।
यस्तै ५० हजार भन्दा माथि भएको स्मार्टफोन खरिदमा एउटा स्मार्टफोन तथा रु.५ हजार देखि रु. ५० हजार भन्दा कम मूल्य भएको फोन खरिद गर्दा एउटा फिचर फोन निशुल्क उपहार प्राप्त गर्ने जनाईएको छ । तर यि सुविधा लिनको लागि ग्राहकहरुले केयरले तोकेको बैंकमा खाता खोली प्राप्त हुने क्रेडिट कार्डमार्फत कम्पनीबाट सिधै मोबाइल खरिद गर्न सक्नेछन् । यसरी खरिद गरिएका मोबाइलहरुमा थप १ वर्षको वारेन्टि कम्पनीले ल्याएको छ ।
केयरले काठ्माण्डौ चक्रपथ भित्रका ग्राहकहरुको फोन बिग्रेको जानकारी पाए पिकअप एण्ड ड्रप सुविधा निशुल्क प्रदान गर्ने, ३० मिनेट भित्र रिपेयर गर्ने रिपेयर गरेपछि १ महिनाको रिपेयर वारेन्टी दिईने केयरका विनोदविकेश सुबेदीले जानकारी दिनुभयो ।



Prawash Kumar Shakya । १९ श्रावण २०७४, बिहीबार १६:२३ बजे