कोरोना संक्रमितको संख्या १५६७ पुग्यो


१८ जेठ, सुर्खेत । कोरोना भाइरसको (कोभिड-१९)को संक्रमण पछिल्लो २४ घण्टामा आइतबार थप १ सय ६६ जनामा पुष्टि भएको छ। यो संगै संक्रमितहरुको संख्या १ हजार ५ सय ६७ पुगेको छ । ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । पछिल्लो पटक बाजुराका एक बालिकाले ज्यान गुमाउनुभएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १ सय ६६ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो । जस मध्ये १६२ जना पुरुष छन् भने ४ महिला छन् ।

त्यस्तै कर्णालीमा ६३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जुम्लामा गरिएको परिक्षणमा कालीकोट शुभकालिकाका १९ वर्षदेखि ५२ वर्षका १३ जना र महावै गाउँपालिकाका २० देखि ४२ वर्षका ५ जना पुरुष संक्रमित रहेका छन् ।

यस्तै, दैलेख देवलकाँडाका १८ देखि २२ वर्षसम्मका ५ जना, नारायण नगरपालिकाका १६ देखि ४८ वर्षका ९ जना, दुल्लुका ३५ वर्षीय १ जना पुरुष, सिमकाँडाका २६ वर्षीय १ जना पुरुष, रातापानीका ३८ वर्षीय पुरुष र साँडुका २२ वर्षीय पुरुष छन् त्यस्तै सुर्खेतमा गरिएको परिक्षणमा सल्यान कुपिन्डेका ११ देखि ६० वर्षका २५ जना पुरुष छन् भने सुर्खेत बराहाताल–१ का ४ महिने शिशुको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।