सामाजिक दुरी पालना गराउन समूह परिचालन हुने


८ जेठ, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९)को महामारीलाई रोकथाम तथा नियन्त्रण गर्ने अभिप्रायले कर्णाली प्रदेश्को राजधानी वीरेन्द्रनगर सुर्खेत बजारमा खुला गरि अतिआवश्किय पसलहरुमा सामाजिक दुरी कायम गराउनकालागि एक समूह खटिने भएको छ ।

सामुदायिक प्रहरी, नगर प्रहरी वडा कार्यालयको समन्यवयमा सामाजिक दुरी कायम गराउने कार्य शुरु गर्नलागिएको अभियानमा संलग्न सामाजिक सञ्जाल फेसबुक मोटे ग्याङ्ग नेपालका एडमिन कुमार शम्सेर थापाले जानकारी दिनुभयो ।

सामाजिक दुरी पालना गराउनकालागि अब समुहगत रुपमा खटिने ६ नं वडाका वडा अध्यक्ष मोतीप्रसाद कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘जबसम्म सामाजिक दुरी कायम गर्न सकिनदैन तब सम्म लकडाउनको कुनै अर्थ हुँदैन त्यसैले यो कोरोनाको महामारीबाट बच्चका लागि सामाजिक दुरी नै उत्तम विकल्प रहेको छ त्यसैकोलागि हामी यो अभियान गर्दैछौ ।’

हाम्रो प्रदेशमा तमाम नागरिकहरु आइरहुनुभएको छ यस्तो बेला सबै सचेत हुन जरुरी छ । ३ दिन अतिआवश्किय पसल खुला भएको बेलामा नागरिकहरुले सामाजिक दुरी पालना नगरेकाले कोरोनाको त्रास झन बढेको छ त्यसैले हामी सबै मिलेर सामाजिक दुरी कायम गरौं । सामुदायिक प्रहरीका सदस्य अनिल ढकाल भन्नुहुन्छ ।

त्यस्तै सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले नागरिकहरुले पसलमा सामाजिक दुरी कायम नगरिदाँ व्यवसायीहरुलाई व्यावसाय गर्न गाह्रो भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘हामी यो सामाजिक दुरी पालना गराउँन लागि पर्नेछौ ।’

त्यसैगरि जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी निरक्षक गोपाल रायमाझी भन्नुहुन्छ ‘नागरिकहरु प्रहरीलाई देखे दुरी पालना गरेको जस्तो गर्ने भएका हुनाले सामाजिक दुरी पालना गराउनकालागि सबै एकजुट भएर लाग्नुपर्ने हुन्छ । त्यस्तै अतिआवश्किय पसल भन्दा अरु पसल खुला गरिएको गुनासो आएकोले अब अरु पसल खुला गरिएको पाइएमा कानुन बमोजिम कारवाही गरिने छ ।