देउडा र दोहोरीमा उदाउँदै गायक हिक्मत


कृष्णराज धमाला
चैत्र २, सुर्खेत ।

कालीकोट जिल्लाको महाबै गाउपालिका ७ राम्नीमा २०५२ सालमा जन्मिएका हिक्मत चौंलागाई देउडा र लोकदोहोरी गायनमा ब्यस्तछन् । वुवा भवानीप्रसाद चौंलागाई र आमा पवित्रदेबि चौंलागाईको कोखबाट कालीकोटमा जन्मिएर पनि गेरुवा गाउँपालिका बर्दियामा बसोवास गर्दै आएका हिक्मत शब्द सिर्जना गर्ने, संगित भर्ने र मिठो स्वर दिनमा पोख्त छन् । हिक्मत देउडा र लोकदोहोरी गीत रुचाउँदैनन् मात्रै गाउँछन् पनि ।

घर त कालीकोट नामको एल्बम २०६६ सालमा रेकर्ड गराई नेपाली सांगितिक क्षेत्रमा प्रबेश गरेका हिक्मतको ०७४ मा प्रदेशि जीवन बोलको देउडा गीत पनि रेकर्ड गराई बजारमा ल्याएकाछन् । लोकदोहोरी गीतमा बढि रुचि भएका हिक्मत पहिचान बचाउन पनि देउडालाई प्राथमिकता दिइरहने बताउँछन् । लोकदोहोरी र देउडा गीत गाउँदा कुनै अप्ठेरो महशुस नहुने अनुभव भएका हिक्मतको कोठियाघाटैमा बोलको लोकदोहोरी रेकर्ड भएपनि बजारमा आउन भने केही समय कुर्नु पर्ने जानकारी दिन्छन् ।

देउडा र दोहोरी दुबै गीतलाई सँगसँगै लिने योजना बनाएका हिक्मतको गाएनमा कहिल्यै हिक्मत नहार्ने भावी योजना रहेको छ ।