
सुर्खेत, २३ भदौ ।
कृषि स्वास्थ्य तथा वैकल्पीक जीविकोपार्जन प्रवद्र्धन पहल कार्यक्रमले आधारभूत ५ दिने मौरीपालन तालीम वीरेन्द्रगरमा सम्पन्न गरेको छ । कम लगानी गरेर गाउ स्थरमै मौरी पालन व्यवसाय गरिरहेका सुर्खेत जिल्लाका ग्रामिण मौरी पालन व्यवसायी र मौरी पालन व्यवसाय संचालन गर्न चाहेका युवाहरुलाई यूएसएआईडिको आर्थिक सहयोग, पहल परियोजनाको व्यवस्थापन तथा सुन्दर नेपालद्धारा सञ्चालीत पहल कार्यक्रमले आधारभूत मौरी पालन सम्बन्धि प्राविधिक ज्ञान सिप प्रदान गर्ने उदेश्यले शुक्रबार उक्त ५ दिने तालीम सम्पन्न गरेको हो । तालीममा (पहल) कार्यक्रम लागु भएका साविकका लेखपराजुल, नेटा, रजेना र रानीबास गाविसका १४ जना युवाहरुको सहभागिता रहेको थियो । तालीममा मौरी पालन व्यवसाय कसरी सुरु गर्ने, मौरी पालन व्यवसायको बजार व्यापक भएको हुदा उक्त व्यवसायको बजारीकरण कसरी गर्ने र उचित बजारको पहिचान गरी सफल व्यवसायी कसरी बन्ने भन्ने विषयमा जानकारी गराईएको छ ।
समापन कार्यक्रमा बोल्दै पहल कार्यक्रमका सुर्खेत जिल्ला संयोजक भिमराज बास्तोलाले बजारमा महको माग धेरै भएको कारण व्यवसायिक मौरी पालन गरी मह उत्पादन गर्न सकेमा मनग्य आम्दानी गर्न सकिने कुरामा जोड दिए । वास्तोलाले बजारमा उत्पादन भएको महको सहि पहिचान हुन नसकेको कारण मौरी पालन व्यवस प्रती युवाहरुको आक्रसन घट्दो रहेको समेत बताए ।साथै मौरी पालन ब्यवसाय ग्रामिण भेगको लागि उपयुक्त भएको कारण सबैलाई व्यवसायिक मौरी पालन ब्यवसायमा लाग्न आग्रह समते गरेका छन् ।
यस्तै पहलका कार्यक्रम संयोजक सौरभ कर्माचार्यले मौरी पालन व्यवसाय गरिरहेका र नयाँ व्यवसाय गर्न चाहाने युवाहरुका लागि पहल कार्यक्रम साथमै रहेर काम प्रतिवद्धता जनाएका छन् । उक्त समापन कार्यक्रममा सुन्दर नेपाल संस्थाका अध्यक्ष हेम प्रकास भुषालले मौरीको मह स्वास्थ्यको लागि अत्यन्तै उपयोगी भएको कारण यसको बजार माग राम्रो भएकोले गुणस्तरयुक्त मह उत्पादन गर्नु पर्नेमा जोड दिए ।
तालिमका सहभागिलाई घरमा फर्के पछि तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्न आग्रह गरे ।
साथै उक्त तालिमा सहभागी भएका सहभागिले तालिम लिए पश्चात तत्कालै उक्त व्यवसाय शुरु गर्न सकुन भन्ने उद्देश्यले तालिमका सहभागीहरुलाई मौरी घार, स्ट्यान्ड, टोपी, पन्जा र प्रमाण–पत्र पनि वितरण गएिको थियो । सुन्दर नेपाल संस्थाका अध्यक्ष हेम प्रकाश भुषालको अध्यक्षता र पहल परियोजनाका जिल्ला संयोजक भिमराज वास्तोलाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमको सहजीकरण बैकल्पिक जीविकोपार्जन अधिकृत पदम बहादुर दलामीले गरेका थिए ।
Milan Shrestha । २३ भाद्र २०७४, शुक्रबार १३:०४ बजे