
काठमाडौं । विश्वकप फुटबलमा आयोजक रसियालाई हराउँदै उरुग्वे समूह विजेता बनेको छ । सोमबार भएको खेलमा रसियालाई ३-० ले हराउँदै उरुग्वे समूह एको विजेता बनेको हो ।
दुबै टोली यो खेल अघि नै नकआउट चरणमा पुगिसकेका थिए ।
खेलमा उरुग्वेले १० औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । २३ औं डेनिस चेरसेवले आत्मघाती गोल गरेपछि उसको अग्रता दोब्बर भयो । डिएगो लक्सल्टको प्रहार उनको खुट्टामा लागेर गोलमा परीणत भएको थियो ।
३६ औं मिनेटमा घरेलु टोलीलाई अर्को झड्का लाग्यो । उसका डिफेन्डर इगर मोलनिकोवले दोस्रो पहेँलो कार्डसँगै रातो कार्ड पाए । उनी दक्षिण अफि्रकाका कुन पछि रातो कार्ड पाउने विश्वकप आयोजक देशका खेलाडी बनेका छन् ।
दोस्रो हाफमा रुसले केही सम्हालिएर प्रदर्शन गरेपनि गोल गर्ने केही अवसर खेर फाल्यो । निर्धारित समयको अन्तिम मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई ३-० को जित दिलाएका छन् ।
समूह चरणको तीन वटै खेल जितेको उसको ९ अंक भएको छ भने रसियाको ६ अंक छ । समूह चरणबाटै बाहिरिएका साउदी अरेबियाले अन्तिम खेलमा इजिप्टलाई २-१ ले हराएको छ ।
साभारः अनलाईन खबर ।
Milan Shrestha । ११ असार २०७५, सोमबार १८:२० बजे