बाँध निर्माण तत्काललाई रोक्ने दुई पक्षीय सुरक्षा अधिकारीबीच सहमति


  • दुई देशका अधिकारीद्वारा दशगजाको निरीक्षण

  • नेपाली र भारतीय अधिकारीबीच वार्ता सुरु

29072016013859IMG_0030-1000x0श्रावण १४, २०७३- नेपाल र भारतका दुईपक्षीय सुरक्षा अधिकारीबीच भएको बैठकले तिलाठीको सीमापारी क्षेत्रमा निर्माण गर्न लागिएको तटबन्धको निर्माण तत्काललाई रोक्ने सहमति गरेको छ । तटबन्धलाई लिएर सीमा वारी र पारीका वासिन्दाबीच झडप भएर तनावपूर्णस्थिति भएपछि दुई पक्षबीच तत्काललाई त्यस्तो सहमति भएको हो ।

विवादित दशगजा क्षेत्र नेपाली र भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा

भारतीयले दशगजा मिचेर सप्तरीको तिलाठीमा बाँध निर्माण गरेपछि दुईदिनदेखि तनावपूर्ण बनेको बाँध निर्माणस्थललाई नेपाल र भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । भारत तर्फबाट सीमा सुरक्षा बल एसएसबी र बिहार प्रहरी र नेपाल तर्फवाट सशस्त्र र जनपद प्रहरीले विवादित बाँधस्थल नियन्त्रणमा लिएका हुन् ।

दुबै तर्फका सुरक्षाकर्मीले अहिले विवादितस्थलमा सर्वसाधारणलाई जान दिएका छैनन् । बाँध निर्माण रोकिएको छ । हिजो एकतर्फी रुपमा भारतीय पक्षले दसगजा मिचेर बाँध निर्माण गर्न थालेपछि रोक्न गएका नेपालीमाथी आक्रमण गरिएपछि आक्रोशित नेपालीहरुले भारतीयले बनाएको बाँध भत्काएका थिए ।

त्यसपछि भएको झडपका क्रममा १२ जना घाइते भएका छन् । जसमध्ये ६ जनाको टाउको फुटेको छ । हिजो अबेर राति त्यहावाट भारतीय र नेपालीपक्ष गएपछि स्थिती सामान्य भएपनि आज बिहानैवाट भारतीय पक्षले पुन बाँध निर्माणको कार्यलाई तिब्रता दिएको थियो । भारतले बाँध बनाउन सुरुगरेपछि फेरी नेपालहरु प्रतिकारमा उत्रेका थिए ।

नेपाल र भारतीय नागरिकबीचको विवादका कारण अहिले नेपाल भारत सीमाको कुनौली नाका आज बिहानैवाट ठप्प छ । बिहान आफन्तका घर जान भन्दै सिमावर्ती कुनौली बजार गएका ४ जना नेपालीलाई भारतीयहरुले दुर्व्यहार गरेर फर्काइदिएपछि नेपालीहरुले पनि भारतीयलाई नेपाल आउनमा रोक लगाएको छ ।

नेपाली ग्राहकले चल्ने गरेको भारतीय बजार कुनौलीका पसलहरु सुनसान छन् । दशगजा दुबै तर्फका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर त्यहाँ रहेका नागरिकलाई हटाएपनि सीमा नजिकै दुई तर्फकै नागरिकको ठूलो संख्यामा उपस्थिति छ । भारतीयहरु पनि छरछिमेकका गाउँबाट सीमामा भेला भएका छन् भने नेपाल तर्फ पनि विभिन्न गाउँबाट सर्वसाधारण र जिल्ला स्थित राजनैतिक नेतृत्वहरु सीमा क्षेत्र पुगेका छन् ।

नेपाली र भारतीय अधिकारीबीच वार्ता सुरु
दसगजामा भारतले एकतर्फी रुपमा बाध निर्माण गरेपछि उत्पन्न बिवादको समाधानको लागि नेपाली र भारतीय अधिकारीबीच वार्ता सुरु भएको छ । बिबादितस्थलको निरीक्षणपछि दुई देशका स्थानीय प्रशासनका अधिकारीहरु समस्या समाधानका लागि वार्तामा बसेका हुन् ।

सीमावर्ती कुनौली सितकोसी प्रोजेक्टको भवनमा वार्ता भइरहेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट तिलाठीका सशस्त्र प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए ।

वार्तामा नेपाल तर्फवाट सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेब गौतम नेतृत्वको टोली सहभागी छन् भने बिहहारको सुपौल जिल्लाका डीएम बैधनाथ यादबको नेतृत्वको नेतृत्वमा भारतीय भारतीय टोली सामेल छ ।

साभारः कान्तिपूर अनलाइन