
सुर्खेत ३० भदौ ।
एसोएस बाल क्लब सुर्खेतले बाढी प्रभावित र आगलागि प्रभावित बालबालिकाको सहयोगको लागि विरेन्द्रनगरमा बुधबार राहत संकलन गरेको छ । राष्टिय बाल दिवसको अवरसर पारेर क्लबले साझेदारी विकास परियोजना, जिल्ला युवा संजाल सुर्खेत, आशा संजाल, एसओएस बाल ग्राम आपत्तकालिन सहायता केन्द्र, एम्नेष्टी इन्टरनेशनल काक्रेबिहार युथ नेटवर्क, युथ फर चिल्डेन, युवालय, अनमोलम स्मृति प्रतिष्ठान, एनसिएफएलजि फोरमको समन्वयमा ¥यालीसहित विरेन्द्रनगर बजार क्षेत्रमा राहत संकmन गरेको हो ।
क्लबले कुनाथरीको भट्टेघारीका आगलागि बालबालिका प्रभावित बालबालिका पिडित र बर्दियाको बाढी प्रभावित बालबालिकालाई आज बाल दिवसको अवसर पारेर संकलित राहतले सहयोग गरिने जानकारी दिएको छ । यस्तै ¥यालीकोण सभाका क्रममा विरेन्द्रचोकमा क्लबले बालश्रम शोषण विरुध सडक नाटक पनि प्रदर्शन गरेको थियो ।
कार्यक्रममा विरेन्द्रनगर ६ का वडा अध्यक्ष मोतिप्रसाद कंडेल, बाल अधिकारकर्मीे संजोग ठकुरी, बाल क्लबका सदस्यहरुलगायत विभिन्न समन्वयकारी र साझेदारी संघसंस्थाहरुको सहभागिता रहेको थियो ।



Milan Shrestha । ३० भाद्र २०७४, शुक्रबार ०४:३१ बजे