मुख्यमन्त्रीद्वारा दुःख व्यक्त


२१ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका औलखोलामा भएको दुर्घटना प्रति दुःख व्यक्त गर्नुभएको छ ।

आज जारी प्रेस विज्ञप्तीमा मुख्यमन्त्री शाहीले सडक दुर्घटनामा जनप्रतिनिधी सहित मानवीय क्षती प्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । दुर्घटनामा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुख्यमन्त्री शाहीले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

त्यस्तै मुख्यमन्त्री शाहीले सडक दुर्घटनाका कारण बर्षेनी ठूलो संख्यामा नागरिकहरुको ज्यान गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै सडक दुर्घटना न्यूनीकरण र रोकथामकालागि प्रभावकारी कदम चाल्न सम्बद्ध निकायलाई आग्रह गर्नुभएको छ ।