विहिबार नेपाल सरकारले करिब ४ सय बौद्ध धर्मगुरुहरुलाई सम्मान गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा बौद्ध धर्मगुरुहरुलाई सम्मान गरिएको हो । सरकार पहिलोपटक यसरी वृहत कार्यक्रम आयोजना गरी बौद्ध धर्मगुरुहरुलाई सम्मान गरेको हो । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति आयोजक रहेको सम्मान कार्यक्रममा उपस्थित भएका बौद्ध धर्मगुरुहरुले सरकारले बौद्ध धर्म र दर्शनको प्रवद्र्धनमा ध्यान दिनु आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक नरेन्द्र कुमार गुरुङले यस्ता कार्यक्रमहरु निरन्तर हुने बताए । साथै भूकम्पबाट क्षति पुगेका गुम्बाहरुको पूननिर्माण पनि चाँडै हुने उनको भनाई थियो ।
साभार : बुद्ध खबर





Milan Shrestha । १० आश्विन २०७४, मंगलवार ०१:०८ बजे