मिलन श्रेष्ठ
सुर्खेत, साउन ७ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ९ लाटिकोइली सुर्खेत स्थित ऐतिहासिक एवं प्राचिन शिव मन्दिरलाई प्रदेश कै समृद्ध (स्मार्ट) मन्दिर निर्माण गर्ने उदेश्यले आजबाट ११ दिन सम्म संचालन हुने “शिवमहापुराण, श्रावण मेला लाटिकोली सुर्खेत धार्मि शिव महामहोत्सव २०७५”को कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले शुभारम्भ गर्नुभएको छ ।
महामहोत्सवको शुभारम्भ गर्दै प्रदेश प्रमुख खनालले जिल्लाका जीर्ण अवस्थामा रहेका प्राचिन, धार्मिक एवंम् पर्यटकिय स्थलहरुको पुन निर्माण तर्फ स्थानिय वासीहरुको सक्रिय सहभागीता हुनु जरुरी रहेको बताउनुभएको छ ।
जिल्लामा थुप्रै पर्यटकिय र धार्मिक स्थानहरु रहेका छन् जसको उचित सम्भार हुन नसक्दा जीर्ण र लोप हुदै गईरहेका छन् जसले यस जिल्लाको महत्व घटिरहेको बताउँदै प्रदेश प्रमुख खनालले भन्नु भयो, शिब मन्दिर जहां श्रावण मेला सहित महामहोसत्वको आयोजना हुदै छ यो सुर्खेत जिल्लाको प्रतिष्ठा मात्र नभई समग्र कर्णाली प्रदेशवासीहरुको प्रतिष्ठाको विषय रहेको हुँदा यसको उचित व्यवस्थापन धेरै पहिला हुनु पर्नै थियो तर ढिलो चाडो स्थानियहरुको ध्यान गएर महोसत्वको आयोजना गरेकोमा खुशि व्यक्त समेत गर्नु भयो ।
यस्तै कार्यक्रममा बिशेष अतिथि कर्णाली प्रदेश सरकारका उद्योग वन वातारण तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले पर्यटकिय र धार्मिक बिभाग आफ्नो मन्त्रालय अन्तर्गत परेको हुँदा समग्र कर्णाली प्रदेशको मर्मत सम्भार नहुँदा ओझेलमा परेका त्यस्ता स्थानहरुको मर्मत र सम्भारका लागि आफ्नो मन्त्रालयले ३ करोड बजेट विनियोजन गरि सकेको र चाँडै नै प्रदेश सरकार स्थानीय सरकार मिलेर प्रदेश राजधानीको पर्यटकिय स्थलहरु बुलबुले ताल, काँक्रेविहार लगाएतका पर्यटिकय स्थलहरुलागि विकासका कार्यक्रम तयार पार्न लागेको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष एवंम् महामहोत्सव मुल आयोजक समितिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले आज देखि साउन १७ गते सम्म संचालन हुन गईरहेको महामहोसत्व २०७५को आयोजनाको उद्देश्यका बारेमा जानकारी दिदैं उक्त महामहोसत्वलाई भव्य र सभ्य रुपमा सफल पार्नका लागी सम्पूर्ण कर्णालीवासी, जिल्लवासी र स्थानिय संघ–संस्थाहरुलाई अनुरोध समेत गर्नु भएको छ ।
कार्यक्रमका मार्गदर्शक–संकल्पकर्ता श्री गोविन्द शरण महाराज जीले अब हामिले नयां मन्दिरहरु बनाउनु भन्दा पनि प्राचिन एवंम् जीर्ण अवस्थामा रहेको मठ मन्दिरहरुको मर्मत गरि संचालनमा ल्याएमा उक्त स्थानको महत्व बढ्नुका साथै धार्मालवम्बीहरुको महिमा र आस्था बढ्ने भएको हुँदा नयां मन्दिरहरुको निर्माण गरि ताला लगाएर राख्नुको साटो पुरानै मन्दिरमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
उद्घाटन समारोहमा शिब मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवंम् कार्यक्रमका बिशेष अतिथि माननिय मुख्य न्यायाधिवक्ता बिधाभूषण मानन्धर, वीरेन्द्रनगर नगर प्रमुख देवकुमार सुवेदी, सशस्त्र प्रहरी नायब निरिक्षक देबेन्दबहादुर सिंह, वडा न.ं०९का वडा अध्यक्ष सुरेशमानन्धर, समाजसेविहरु डम्बर बिक्रम जि.सी, नारायणकुमार कोईराला, गणेशबहादुर वली लगाएतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
आज देखि शुरु भएाकेो महामहोसत्वमा कथा वाचकका रुपमा श्री नारायण न्यौपाने ज्यू रहनेका साथै प्रत्येक दिन बिहान ५ बजे देखि ७ बजे सम्म योग शिविर, बिहान ७ बजे देखि ८ बजे सम्म पाठ परायण १० बजे देखि ४ बजे दिउसो सम्म कथा प्रवचन तथा बिभिन्न धार्मिक झाँकी प्रदर्शन र सांझ ७ बजे देखि राती १० बजे सम्म भजन कृतन हुने जानकारी सचिवालयले दिएको छ ।
आज बिहान ७ बजे स्थानिय पातालगंगा देखि गणेशको पुजा गरी उक्त स्थानमा अवस्थित कुवाबाट जल लिएर लाटीकोईलीको सत्यनारायण मन्दिर हुदै स्थानिय मंगलगढी चौक देखि बजार परिक्रमा गरेर शिब मन्दिरमा गई कलश यात्रा समापन भएको हो ।



Milan Shrestha । ७ श्रावण २०७५, सोमबार १६:०१ बजे