२ असार, सुर्खेत । विश्वव्यापी तिब्रगतिको रफ्तारमा बढी रहेपनि सरकारले लकडाउनलाई खुकुलो बनाएको अवस्थामा सवारी सञ्चालनमा जोरविजोर प्रणाली लागु गरेको छ ।
ठूला शहरहरुमा जोरविजोर लागु भएपनि कर्णालीको राजधानी वीरेन्द्रनगरमा जोरविजोर प्रणालीमा कढाई भएको थिएन । तर लकडानउको यो समयमा कोभिड १९ को संक्रमण बढ्दो देखिएकोले अब आगामी असार ४ गतेबाट मोटरसाइकल र निजी सवारी साधनहरुमा जोरविजोर प्रणाली लागु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले एक सूचना जारी गर्दै हाल सम्म जारी भएका सम्पूर्ण पासहरु आज असार २ गते देखि नै खारेज गरिएको तथा जनाएको छ भने अन्तर जिल्ला सवारीमा पासकोहक साविकको बमोजिम रहेने बताइएको छ ।
यस्तै मोटरसाइकलमा यात्रा गर्दा चालक मात्र र चार पाङ्ग्रे सवारीमा चालक सहित ३ जना मात्र यात्रा गर्न सूचना जारिएको छ ।




Prawash Kumar Shakya । २ असार २०७७, मंगलवार १६:०७ बजे