
२२,पुस सुर्खेत । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाण्डौले ज्योति ईजी पे जीवन बीमा योजना बजारमा ल्याएको छ ।
प्रत्येक वर्ष समान बीमाशुल्क तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै प्रथम बीमाशुल्क पछि कम मात्र बीमाशुल्क तिर्ने गरि उक्त बीमा योजना बजारमा ल्याएको हो ।
यस योजनाले पूर्ण जोखिममा अन्य बीमा योजना जस्तै दोहोरो दुर्घटना लाभ, अशक्त अपांग लाभ, बीमा शुल्कमा छुट सहिट ३५ वटा घातक रोगको रक्षावरन गर्नुको साथै राम्रो प्रतिफल पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।
प्रत्येक वर्ष ठुलो बीमाशुल्क बुझाउनु पर्ने अवस्थाबाट मुक्त पार्दै तयार पारिएको यस योजनामा प्रत्येक वार्षिकोत्सवमा भुक्तानी हुने बीमाङ्कको ५ प्रतिशत रकम दोस्रो वर्ष देखीको नवीकरण बीमाशुल्कमा मिलान गरि कम बीमाशुल्कमा नै बीमालेख जारी हुने व्यावस्था गरिएको छ । कम्पनीको उच्च पदाधिकारीहरुको उपस्थितिमा सञ्चालक समितिले उक्त योजनाको उद्घाटन गरेको थियो ।
साभारः ईन्स्योरेन्स खबर ।



Milan Shrestha । २२ पुष २०७७, बुधबार २०:०४ बजे