
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले शेरबहादुर देउवा नेतृत्वको सरकार कर्मचारीको कठपुतली भएको आरोप लगाएका छन् ।
सिंहदरबारको अधिकार गाँउ गाउँसम्म भन्ने नारा नारामामात्र सिमित हुनु र कर्मचारीले सरकार चलाउनुले देउवा सरकार कर्मचारीको कठपुतली भएको भन्दै उनले स्थानीय तहको निर्वाचन सकिएको ४ महिना भैसक्दा पनि मेयर उपमेयरको तलबसम्म तोक्न नसक्नु, सरकारले जिल्लातहमा पूर्ण अधिकार दिन नसक्नुले प्रष्ट भएको बताए ।
अाज भक्तपुरमा रफत क्लवले अायाेजना गरेकाे कार्यतक्रममा जनप्रतिनिधि भन्दा गाउँपालिका र कार्यपालिकामा कर्मचारीकै हावी भएको वताउदै बिजुक्छेंले भारतकै ईशारामा बनेको बाम गठबन्धनबारे भारतलाई नै जानकारी नभएको भन्ने बिषय हाँस्यास्पद भएको जिकिर गरे । प्रचण्ड र बाबुरामलाई थाहा भएको बिषय भारतलाई थाहा छैन भन्नु हाँस्यास्पद हाे उनले भने ।
आफूले बिगतदेखि उठाउँदै आएको बिषय भारतले नेपालको सम्बृद्धि हेर्न नचाएको र बिस्तारै नेपालमा देखिएको राजनीतिक समिकरण र धुब्रिकरणले प्रष्टाउँदै लगेको समेत टिप्पणी गरे ।
नेपालको कुटनीतिक पक्ष कमजोर हुनुमा नेपालकै सत्तासिन दल भएको वताए । उनले भागबण्डामा राजदुत नियुक्ति गर्नु, कुटनीतिक मर्यादाको समेत जानकारी नभएका राजदुत नियुक्ति गरिनुले नेपालको कुटनीतिक पक्ष कमजोर रहेको दावी गरे । राजदुतलाई दोष दिनुु भन्दा पनि तिनलाई नियुक्ति गर्ने दलहरु दोषि रहेको भन्दै जुनसुकै दलबीच तालमेल र एकता भएपनि नेपाल मजदुर किसान पार्टी कुनै दलसँग पनि तालमेल र एकता नगर्ने र आगामी दुबै तहका निर्वाचनमा नेमकिपा एक्लै चुनावी मैदानमा उत्रिने घोषणा गरे ।
साभारः खबरडबलीअनलाईन
Prawash Kumar Shakya । २६ आश्विन २०७४, बिहीबार १४:१६ बजे