जेठ २०, सुर्खेत ।
कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद वैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
गाउँसभा र नगरसभाको कार्यसंचालन सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने, जिल्ला सभाको कार्यसंचालन सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशीका २०७५ स्वीकृत गर्ने, प्रदेश सार्वजनिक व्यवस्था तथा संचालन सम्वन्धि विधेयक २०७५, प्रदेश विद्युत विकास, उत्पादन र व्यवस्थापन सम्वन्धि विधेयक २०७५ र प्रदेश सवारी तथा यातायात व्यवस्था सम्वन्धि विधेयक २०७५ को मस्यौदा तर्जुमाका लागि भौतिक पुर्वाधार विकास मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरीएको जनाइएको छ ।



Milan Shrestha । २० जेष्ठ २०७५, आईतवार १३:३७ बजे