२३ बैशाख, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) बाट सुर्खेतका मुस्लिम समुदायमा कोरोना संक्रमित भएको कुरा अफवाह मात्र भएको जनाइएको छ ।
वीरेन्द्रनगर ११ पिपिरामा रहेको मदरसा माध्यमिक विद्यालयका अध्यक्ष सज्जत खानले सुर्खेतमा मुस्लिम समुदायमा कोरोना संक्रमित भएको अफवाह मात्र भएको बताउनुभएको हो । उहाँले भन्नुभयो “हामीले यहाँ भएको मस्जिदमा बस्नुहुने इमाम र मोहोजिम लगाएत अन्य २ गरि ४ जनाको कोरोना परिक्षण गराएका थियौ उहाँहरुको नजिता नेगेटिएकोले अहिले होम क्वारेन्टाइन बस्नुभएको र त्यस्तै वीरेन्द्रनगर ११ पिपिरा चोक निबासी करिब ६२ बर्षका १ जना बृद्ध बैशाख दोस्रो हप्ता भारतबाट नेपालगन्ज हुँदै आउनुभए पश्चात उहाँको स्वास्थ्य जाँच नेपालगन्ज भएकोमा सुर्खेत पनि स्वास्थ्य जाँच गराउदा रिपोर्ट नेगेटिभ आएको जानकारी दिन्छु साथै उहाँ हाल आफ्नै होम क्वारेन्टाइनमा बस्दै आउनुभएको जानकारी गराउँदछु । खानले भन्नुभयो । अफवाह फैलिए अनुसार कोहीपनि कोरोना संक्रमित नरहेको समेत जानकारी गराउँदै यस्तो हल्लाको पछाडी नलाग्न अनुरोध गर्दछु । अध्यक्ष खानले भन्नुभयो ।



Prawash Kumar Shakya । २३ बैशाख २०७७, मंगलवार २०:२० बजे