शुभकामना आदान–प्रदान


 

सुर्खेत ३०, असोज।
नेपाल आदिवासी जनजाती जिल्ला समन्वयन परिषद सुर्खेतको आयोजनामा सुर्खेत जिल्ला स्थीत विभिन्न जातीय संस्थाहरु बिच हिन्दुहरुको महान चाड दिपावली र नयां बर्ष(नेपाल सम्बत् ११३८) पारी शुभकामना आदान–प्रदान कार्यक्रम गरेका छन् । शुभ–कामना आदान प्रदान कार्यक्रममा जिल्ला स्थीत विभिन्न जातीय संघ–संस्थाका प्रमुख एवंम् प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।


शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै परिषदका अध्यक्ष पंचसिंह रोकायले आफ्नो हक अधिकारका लागी सबै जना एकजुट भएका लाग्नु पर्नैमा जोड दिदैं यहि कात्तिक ०३ गतेका दिन नेपालीहरुको नयां बर्ष नेपाल सम्बत् ११३८को उपलक्ष्यमा हुन गईरहेको मोटरसाईकल र्यालीमा सम्पूर्ण जातीय संघ–संस्थाहरुबाट उपस्थितका लागी अनुरोध समेत गरेका छन् ।