कोरोनाको संक्रमित ३० हजार नाध्यो (भिडियो सहित)


५ भाद्र, सुर्खेत । देशभर पछिल्लो २४ घण्टामा ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । त्यस्तै डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ जना पुगेको छ । त्यस्तै २४ घण्टामा ११ जनाको मृत्युभएको छ ।

यस्तै आज कर्णाली प्रदेशमा ६२ जना नयाँ कोरोनाका संक्रमित पुष्टी भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ । नयाँ संक्रमितहरुमा जुम्लामा मात्र ५२ जना रहेको छ । यससंगै कर्णालीमा संक्रमितको संख्या २२ सय २५ पुगेको छ ।