
१ कार्तिक । सुर्खेत । नेपाल भाेटे जनजाति सेवा समिति शाखा कार्यालयकाे तेश्राे चुनावी साधारणले राजेन्द्र बुढा भोटेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।
सभामाले आफ्नो समाजबाट यस वर्षकाे एस इ इ परीक्षामा सर्वोकृष्ट नतिजा ल्याउने छात्र तर्फ छिरङ राेकाय र छात्रा तर्फ कुसाङ याङसी रावत भाेटेलाइ सम्मान सहित प्रति जनालाइ नगद रु १५सय प्रदान गरेको छ ।
सभामा खाम्पा समाजका अध्यक्ष कृष्ण बहादुर रेाकाय बौद्ध युवा क्लवका अध्यक्ष राजेन्द्र बुढा बौद्ध गुम्बा समितिका अध्यक्ष नर्वु गुरुङ् केन्द्रिय सचिव दावा गुरुङ्ग भेाटे र समितिका अध्यक्ष वीर बहादुर रावत भोटे लाइ खादा ओढाएर सम्मान गरेको छ ।
कार्यक्रममा नेपाल अादिवासि जनजाति समन्वय समितिका अध्यक्ष पञ्च सि राेकाय खाम्पा समाजका अध्यक्ष कृष्ण बहादुर राेकाय वी न न पा ९ का वडा सदस्य सुनिता लामा गुम्बाका मुख्य लामा पाल्ज्याेर लामा गुम्बा समितिका उपाध्यक्ष लाल बहादुर गुरुङ्गले अा अाफनाे मन्तव्य पनि व्यक्त गरेका थिए ।
समितिका अध्यक्ष वीर बहादुर रावत भाेटेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत तथा वार्षिक आय व्यय विवरण कोषाध्यक्ष लोक जंग रोकायाले गरेका थिए ।



Milan Shrestha । १ कार्तिक २०७४, बुधबार १३:०४ बजे