कर्णालीमा पनि कोरोना भित्रियो, संक्रमितको संख्या ३७५


५ जेठ, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण कर्णालीमा पनि एक जनालाई भएको पाइएको छ । यो संग संक्रमितको संख्या ३७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

संक्रमितहरु धनुषाका २ जना पुरुष बाँके नरैनापूरका १२ जना पुरुष दैलेख आठविसका १ जना पुरुष झापा १ जना पुरुष र सुनसरीका १ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

यसअघी दैलेख आठविस नगरपालिकाका एक ३५ बर्षका पुरुषमा सुर्खेतमा जाँच गर्दा देखिएको कोरोना नेपालगंजको भेरी अस्पतालमा पनि परिक्षण गर्दा समेत पोजेटिभ देखिए संगै कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण शुरुभएको हो ।