
नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि उपराष्ट्रपति निर्विरोध भएका छन् ।
उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी परेकाले निर्विरोध भएपनि निर्विरोध निर्वाचित भएको भने भोलि मात्र घोषणा हुने भएकोछ । दावी विरोध लगायतका अन्य सबै प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराममेघि गुरुङ्ग, माओवादी केन्द्रकी नेतृ पम्फा भुुसाल, रेखा शर्मा पुनको प्रस्तावकमा रहेकाछन् । पुनको समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम रहेकाछन् ।
राष्ट्रपतिमा प्रतिस्पर्धा गरेको विपक्षी नेपाली कांग्रेसले उपराष्ट्रपतिमा भने उम्मेदवारी नै दिएन ।



Milan Shrestha । ३ चैत्र २०७४, शनिबार ०९:३४ बजे