
२० कार्तिक, सुर्खेत । मंसीर ४ गते हुने निर्वाचन नजिकै जाँदा उम्मेदवारहरुले मत माग्ने कामलाई तिब्रता दिएकाछन् विषेश गरेर मतदाताको घरघरमा पुग्ने नेकपा एमाले र गठबन्धन रहेको नेपाली काँग्रेस नेकपा माओवादीको समूह ठूलो देखिएको छ ।
यसैवीच सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट नेपाल काँग्रेसका उम्मेदवार रहनु भएका कालिप्रसाद शाक्यले मतदाताको घरघरमा पुगेर मत मागिरहदा शाक्यको पक्षमा जनलहर देखिएको छ ।
कांग्रेसमा ईमान्दार, कर्मठ र त्यागी नेताको छवि बनाउनुभएका शाक्यले मतदातालाई भेट गर्नकालागि मतदाताहरुको घरघरमा पुगेर आफ्ना एजेण्डा सुनाउदै मत माग्दा मतदाताहरुले विजयी बनाउने प्रतिवद्धता जनाएका छन् । राजनीतिक आन्दोलन र पार्टी राजनीतिमा बेग्लै पहिचान बनाउनुभएका शाक्य जनप्रतिनिधिको रुपमा हालसम्म परीक्षण नभएका कारण पनि मतदाताहरु शाक्यको पक्षमा देखिएका छन् ।
हरेक निर्वाचनमा आश्वाश्न मात्र पाएका मतदाताहरु निडर, जुझारु, इमान्दार र स्वाभिमानी नेताको रुपमा शाक्यलाई पाउँदा उत्साहित देखिएका छन् । शाक्यले मतदाताहरुको घरमा पुगेर गुनासो र समस्या सुन्दै नितिगत रुपमा विकास निमार्णका कार्यलाई अघि वढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । घरदैलो कार्यक्रममा सहभागि भएका नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सचिव देवकुमार सुवेदीले ‘मुलुकको आर्थिक समृद्धि काँग्रेसले मात्र गर्नसक्छ भन्ने जनताले बुझेका छन, त्यसैले काँग्रेस पक्षमा जनलहर बढेको छ’ “काँग्रेसले ईमान्दार, कर्मठ र त्यागी नेताको छवि बनाएका शाक्यलाई उम्मेदवार बनाएर चुनावी मैदानमा होमिदा मतदाताको जनलहर देखिएको बताउनुभयो । वीरेन्द्रनगरका १४ वटा वडामा घरदैलो अभियान गरिरहनुभएका शाक्यका पक्षमा उत्साहजनक सहभागिता देखिएको छ ।



Prawash Kumar Shakya । २० कार्तिक २०७९, आईतवार १४:५९ बजे