मिलन श्रेष्ठ ।
सुर्खेत, १२ साउन । सुर्खेत जिल्ला स्थीत क्षेत्रिय अस्पतालमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवाको स्वर्ण जयन्तीको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
जिल्लामा विगत लामो सयम देखि विभिन्न सामाजीक, विपदमा परेकालाई सहयोग साथै विभिन्न स्वास्थ्य क्षेत्रमा जिल्ला स्थीत विभिन्न समवन्धित निकायहरु संग सहकार्य गरी कार्य गर्दे आईरहेको लायन्स क्लब अफ सुर्खेत भैरवस्थानको सहकार्यमा बुधलवार रक्तदान कार्यक्रम गरिएको हो ।
लायन्स क्लव अफ बुलबुलेका बर्ष २०१६–०१७ का अध्यक्ष नवराज गुरुको सभापतित्व, नेपाल रेडक्रस सोसाईटी सुर्खेतका उप सभापती देवबहादुर ढकालको प्रमुख आथित्य तथा नेपाल रेडक्रस सोसँईटीका मन्त्रि प्रदिप्त पौडेल उप–मन्त्रि किशोर कुमार रेग्मी,जोन चियर पर्सन एम.जे.एफ. बिजय पराजुलि क्याविनेट अफिसर टुकाराम लामिछाने,रिजन चियर पर्सन कल्पना कार्की, एरिया कोअर्डिनेटर ला. हरिहर बस्नेत,जिल्ला स्थीत बिभिन्न लायन्स क्लवका डिस्ट्रिक को अर्डिनेटरहरु, अध्यक्ष, प्रथम चियर पर्सन, द्धितिय चियर पर्सन, तृतिय चियर पर्सनहरु, सचिव तथा कोषाध्यक्षहरु साथै एनव्याबसनका जिल्ला अध्यक्ष सरद भण्डारी लगाएतको उपस्थित रहेको थियो ।
जोन चियर पर्सन पराजुलीका अनुशार, बिगत समयमा जिल्लामा रगत आवश्यक परेको बेला रक्तदान गर्नै व्यक्तिहरुलाई व्यक्तिगत रुपमा बोलाएर विरामीलाई रगत दिने कार्य हुन्थयो भने, केहि समय पश्चात नेपाल रेडक्रस सोसँईटी संग लायन्स क्लबले संयुक्त रुपमा रक्तदान कार्यक्रमहरु संचालन भय पश्चात हाल रगत खोजीहिड्नु पर्ने समस्या समाधान भएको छ ।
यसै गरी रेडक्रस सोसँईटीका उप–मन्त्रि रेग्मीका अनुशार विगतमा रगत दिन डराउने साथै रगत दिनुहुन्न भन्ने सोच रहेता पनि हाल सो नरहेको बताए । करेग्मीका अनुशार मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पताल सुर्खेतले जग्गा उपलब्ध गराएमा सोसाईटी सुर्खेतले रक्त केन्द्र भवन निर्माण गर्न बताउदै समबन्धि निकायलाई ध्यान आकर्षण गराएका थिए ।
यसै गरी कार्यक्रममा उपस्थित अथितीहरुले स्वागत मन्तव्य दिएका थिए । लियो क्लब अफ भैरवस्थानका तृतिय उपाध्यक्ष लायन्स तुलाराम तिमिल्सेनाले सहजीकरण गरेको कार्यक्रममा, लायन्स क्लव अफ सुर्खेतका अध्यक्ष ला.खड्ग गौतमले स्वागत मन्तव्य दिएका थिए ।
बुधवार भएको रक्तदान कार्यक्रमा कुल १२ पिन रगत संकलन भएको लायन्स क्लव अफ सुर्खेत, शिवविहारका अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिए ।



Milan Shrestha । १२ श्रावण २०७३, बुधबार १३:१२ बजे