शिबबिहारको पद हस्तान्तरण कार्यक्रम


 सुर्खेत,४ साउन । लायन्स क्लब अफ सुर्खेत शिबबिहारले आज वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी बर्ष २०१८–२०१९का अध्यक्षलाई पद हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रिजन चियर पर्सन हरिहर बस्नेतले देशभरीमै लायन्स क्लवहरु विस्तार गर्ने कार्यमा सुर्खेत पहिलो भएको भन्दै प्रशंसा समेत व्यक्त गर्नु भयो । पछिल्लो समय मानिसहरु सामाजिक कार्यमा संलग्न हुनका लागि लायन्स क्लवमा आवद्ध हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही समय पहिला लायन्स क्लव प्रति आम मानिसको दृष्टिकोण फरक रहे पनि पछिल्लो समय लायन्स क्लवले गरेका सामाजिक गतिविधि देखेर लायन्समा आवद्ध हुनेहरुको संख्या बढ्दै गएकोमा खुशी व्यक्त गरे ।

यसै गरी कार्यक्रमका अतिथि डिस्ट्रिक को–अडिनेटर लायन्स किशोर रेग्मीले लायन्स क्लबको दाहिने हातको रुपमा लियो क्लबहरु रहने भएको हुदा आगामि दिनमा लियो क्लब गठन गर्नु पर्नेमा जोड दिए, कार्यक्रमका अतिथि जोन चियर पर्सन लायन्स खगिसरा शाहीले, समाजमा रहेका हामि भन्दा कम भाग्यशाली व्यक्तहरुलाई आफुले कमाएको केहि अंशबाट सहयोग गर्नु पाउदा आनन्द लाग्ने कुरामा जोड दिनुभयो ।

लायन्स क्लब अफ सुर्खेत शिबिबिहारका बर्ष २०१७ का अध्यक्ष लायन्स बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा बर्ष २०१८–१९का अध्यक्ष प्रवेशमान मानन्धरको अध्यक्षतामा १५ सदस्यीय लायन्स क्लब अफ सुर्खेत शिबबिहार गठन भएको छ जसको प्रथम उपाध्यक्षमा लायन्सक शुभाष श्रेष्ठ, द्धितिय उपाध्यक्षमा लायन्स लोकप्रसाद ढकाल(ख) सचिवमा लायन्स लवमान श्रेष्ठ, कोषाध्यक्षमा लायन्स गोरख रावत, शिक्षा निर्देशकका लायन्स लोकप्रसाद ढकाल(क), स्वास्थ्य निर्देशकमा लायन्स दुर्गाप्रसाद श्रेष्ठ, जनसम्पर्क निर्देशकमा लायन्स केशवराज गिरी र सदस्यहरुमा लायन्स सुरेशमानन्धर, लायन्स केशब जि.सी., लायन्स हरि बिक्रम जि.सी. लायन्स दिपक ढकाल, लायन्स मोहन सिंह गुरुङ्ग, लायन्स पदमबहादुर दलामी रहेका छन् ।