सुमधुर स्वरका धनि सिम्खाडा सहयोगिको अभावमा छट्पटिदै


कृष्णराज धमाला
बैसाख ८, सुर्खेत ।

हिमाल लोक तारको अडिसन वाट असन्तुष्ट भएका लोक गायक विश्वनाथ सिम्खाडा अहिले सहयोगिहरुको अभावमा छट्पटिएका छन् ।

असन्तुष्टि सँगै अडिसन वाट शान्त्वना स्थानमा चित्त बुझाउन बाध्य भएका सिम्खाडा २०६७ सालमा चर्चित गायिका टिका पुन सँग पिरतिको भोको बोलको लोक दोहोरी गीत वजारमा ल्याएर नेपाली सांगितिक आकाशमा औपचारीक रुपमा प्रबेस गरेका हुन् । पहिलो गितबाटै गायन विधामा थला परेका सिम्खाडा हाद रेडियो चंखेलि एफएफ कालीकोटको समचार प्रमुखको रुपमा काम गर्दै गीत संगितको श्रृबृदिमा लागि परेका छन् ।

आफनो गित सुनेर सन्तष्ट हुने सिम्खाडा सांगितिक कार्यक्रम सञ्चालन गरेर आफ्ना वेदना पोख्दै लोक गितको संरक्षणमा क्रियाशिल देखिन्छन् । उनको स्वर सुनेर लठ्ठ पर्ने र गीत रेकर्ड गर्न सहयोग गर्ने आश्वासनको भारी बोकेर दैनिकी बिताउने गरेका सिम्खाडा बचन र ब्यबहारमा फरक पाउँदा वाक्क भएको बताउँछन् ।

स्वरको पहिचानको लागि फेसवुकमा लाइफ गित गाउँदा पनि कमेन्ट गर्नेको आइरो लाग्ने गरेको अनुभव बटुल्दै आएका सिम्खाडा गतिलो रचनाकार र अन्तिम सम्म साथ दिने सहयोगि नपाएको गुनासो गर्छन् ।

धेरै गीतका भाकाहरु संकलन गरेर राखेका सिम्खाडा कर्णाली प्रदेशका बिभिन्न जिल्लाहरुमा सञ्चालन हुने महोत्सव तथा कार्यक्रमहरुमा ठाडी, देउडा तथा लोक दोहोरी गीतहरु गाउँछन् तर ति गीतहरुलाई रेकर्ड गर्न आर्थिक अभाव भएको बताउँछन् । गीत र स्वर सुनेर धेरैले गीत रेकर्ड गर्न सहयोग गर्ने बचन दिने गरेपनि अरु सहयोग नगर्ने अतित्लाई स्मरण गर्दा दिक्क हुन्छन् ।

रेडियो कार्यक्रम तथा स्थानिय स्तरमा सानातिना कार्यक्रममा गीत गाएर चित्त बुझाउने गरेका सिम्खाडालाई सानो सहयोग गर्नेहो भने भबिष्यका चर्चित गायक हुने कुरामा कुनै शंका भने देखिदैन ।