कर्णाली प्रदेशमा श्रम दिवस नाटक कि समृद्धि?


काम आफूले आफ्ना लागि गर्ने हो या अरुलाई देखाउनका लागि – जसले जे काम गर्छ त्यसको परिणामले उसलाई पहिचान दिलाउँछ । जुन प्रकृतिको काम हुन्छ त्यो कत्तिले बाध्यताले गर्छन् त कत्तिले रहरमा पनि । खाली बस्नु भन्दा केही न केही काम गरेकै जाती हुन्छ । भनिन्छ खाली बस्दा, ब्यस्तता नहुँदा त्यो ब्यक्तिले न आफ्ना लागि केही गर्न सक्छ नत समाजका लागि नै ।

प्रसंग कर्णाली  प्रदेश सरकारको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री देखि विभागीय मन्त्रीहरु हरेक महिनाको १ र १५ गतेलाई श्रम दिवसका रुपमा मनाउने निर्णयसँगै हरेक महिनाको  दुइ दिन केही न केही काममा जुटेकाछन् ।

मुख्यमन्त्री सहितको प्रदेश सरकारका पदाधिकारीहरुले एकदिनको केहि समय फोहोर संकलन गर्दैमा फोहोर ब्यबस्थापन हुन्छ – स्वच्छ प्रदेश बन्छ – यस्ता प्रश्नहरुले प्राथमिकता पाउन थालेका छन् । एक तर्फी मानिसहरु भन्छन् ब्यबहार परिबर्तन गर्नका लागि यो कार्यले भूमिका खेल्छ र दबाब सिर्जना गर्छ, अर्कोथरि मानिसहरु भन्छन् १० मिनेटको नाटकले केही हुँदैन – भन्नेहरुले के भन्छन्, यो कार्यको सिको गर्ने यो पनि हरेकको बुझाइमा भर पर्ने हो तर मेरो घरको अगाडी फोहोर म जम्मा गरेर राख्छु, प्रदेश सरकार आएर सफा गर्छ भन्नेहरु पनि कत्ति छन् भने यो कार्यले नैतिक दबाब सृजना गरेको भन्नेहरु पनि छन् ।

पछिल्लो श्रम दिवसको अवसरमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री सहितको टोली वीरेन्द्रनगर नगरपालिका-५ सुर्खेतस्थीत बाढीपीडित बस्तीमा पुगे र खोर्के खोलाको तटबन्धन लगाउन जाली भर्न र ढुङ्गा उचाल्दै गरेका तस्बिरहरुले सामाजिक सञ्जालमा केही आलोचना र केही प्रशंसाको  बर्षापनि गराए ।

यसको मतलब कर्णाली प्रदेश सरकारको यस्तो कामले नागरिकहरुलाई जागरुक बनाउँदै कर्णाली प्रदेशको विकास र समृद्धिमा सबैको हातेमालोको आबस्यकता औंल्याएको छ भने चस्मा भिरेर बढेमानका ढुङ्गाहरु कनिकनि उठाउने प्रयासका तस्बिरहरुले कतै सरकारले नाटक मञ्चन त गरिरहेको छैन भन्ने लाग्नु पनि त स्वभाबिक नै हो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा गरिएको यस्तो कदम सस्तो लोकप्रियताको कत्तिले संज्ञा दिएका छन् भने पुर्वाग्राही सोचबाट ग्रसित भएर टिप्पणि गर्नुको साँटो यस अभियानका सकारात्मक पक्षहरुको अबलम्बन गर्दा नै उपयुक्त होला । सरकारले गरेका हरेक क्रियाकलापहरुको एकलौटि र्समर्थन हुनपर्छ भन्ने सरकारले आशा गर्नु पनि राम्रो होइन भने नागरिकहरुले पनि सरकारलाई जवाफदेहि बनाउन खोज्नु पनि अनउपयुक्त मान्नु उपयुक्त हुनै सक्दैन । नागरिक बिना न सरकार हुन्छ, न सरकार बिना नागरिक हुन्छन् । प्रदेशको समृद्धिका लागि सांकेतिक रुपमा गरिएको यो पहलको बिरोध भन्दा पनि यसको सिको गर्दा नै उपयुक्त होला । मन्त्रीहरुले पनि नसुहाउने गरि श्रम गर्दा नागरिकलाई पत्याउन कठिन हुनु पनि स्वभाबिक नै छ ।
अर्कोतर्फप्रदेशको राजधानिमा केहि समय महिनाको दुई दिन श्रम गरेर समृद्ध प्रदेशको नाराले र्सार्थकता पाउन मुस्किल छ नै । यहाँको सम्भावना गहन अध्ययन गरि दृघकालिन योजनाहरु निर्माण गरि कार्यान्वयन गर्नुको साँटो जन्ति पारामा श्रम दिवसले मात्रै समृद्ध कर्णाली प्रदेशको नारा अपुरो र अधुृरो हुने निश्चित छ ।