नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखाको अध्यक्षमा रेग्मी चयन


नेपाल स्वयंसेवी रक्तदाता समाज गाेरखा जिल्ला शाखाकाे प्रथम अधिबेशनबाट कृष्णप्रसाद रेग्मीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

अधिवेशनले उपाध्यक्षमा सुदीप नगरकाेटी, सचिवमा ज्ञानेन्द्र पाेखरेल, काेषाध्यक्षमा बिमला थापालाई निर्विरोध चयन गरेको छ । त्यस्तै सदस्यहरू क्रमशः प्रकाश थापा, राजन भट्ट, मीनु बिष्ट, नवीन लामिछाने, दिलिप श्रेष्ठ र चिजकुमार श्रेष्ठ निर्विरोध चयन हुनुभएको भएको छ । अधिवेशनले सल्मलाहकारमा राम बहादुर खड्का र सुरेन लामिछानेलाई चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय रक्त सम्राट प्रेमसागर कर्माचार्यले समाजले बर्षेनि प्रकाशनमा ल्याई रहेको भित्ते पात्राे २०८३ काे पनि सामूहिक लाेकार्पण गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्यहरु विमल भित्राकोटी, भेषराज पाण्डे (ध्रुव), प्रकाशकुमार शाक्य तथा समाजका सदस्य सुशिला शाक्य सहभागिता रहेको थियो ।

अधिवेशनमा रक्तदान कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा २१ पिन्ट रगत संकलन भएको थियो ।