दशनामी समाज बाँकेको अध्यक्षमा गिरी चयन


नेपालगन्ज (बाँके) । आध्यगुरु शंकराचार्यको १२३८ औं  जन्म  जयन्ती  तथा  दशनामी समाज बाँकेको नयाँ बर्ष २०८३ को शुभकामनाका आदानप्रदानका साथै चौथो अधिवेशन नेपालगन्जमा सम्पन्न भएको छ ।

कार्यक्रम गोपाल गिरीको अध्यक्षतामा, केन्द्रिय सल्लाहकार केशर गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अतिथिहरुमा पूर्व केन्द्रिय सचिव, नारद पुरी केन्द्रिय सदस्य झग्गु गिरी, लुम्बिनी प्रदेशका सचिव होमनाथ गिरी रहनु भएको थियो । उक्त कार्यक्रममा जिल्ला कार्य समिति, नगरपालिका कार्य समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

पूर्व केन्द्रिय सचिव नारद पुरीद्वारा सञ्चालित कार्यक्रममा चौथो अधिवेशनले पूर्णदेव गिरीको अध्यक्षतामा २३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेका छ ।

कार्यसमितिको उपाध्यक्षमा कृष्णगिरी, महिला उपाध्यक्षमा सरस्वती गिरी, सचिवमा रुकमणि गिरी, सह–सचिवमा बीरेन्द्र गिरी, कोषाध्यक्षमा गोपाल राज गिरी चयन हुनु भएको छ ।

यसरी कार्यसमितिको सदस्यहरुमा होमराज गिरी, राम बहादुर गिरी, बिर बहादुर गिरी, जिनु गिरी, सूर्य गिरी, माया गिरी, प्रबित्रा पुरी, गंगा गिरी, हितेष भारती, राजेश भारती, डम्बर गिरी, तुलसी पुरी, आनन्द गिरी, देवराज गिरी, दिप बहादुर गिरी, लक्ष्मी गिरी र मन बहादुर गिरीलाई चयन गरेको होमराज गिरीले बताउनु भएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य लुम्बिनी प्रदेशका सचिव होमनाथ गिरीले गर्नुभएको थियो भने सो कार्यक्रममा सहभागी दशनामी समाजका पदाधिकारीहरुले नयाँ वर्ष २०८३ सालको पावन शुभकामना आदान प्रदान गरेका थिए ।