बैंकको बार्षिक उत्सवमा रक्तदान


नेपालगन्ज (बाँके) । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा बैंक कर्मचारी, सेवाग्राही, व्यवसायी लगायत महिला पुरुष गरी ३० जनाले रक्तदान गरेका छन् ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड नेपालगन्ज शाखाको आयोजनामा १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा क्षेत्रीय प्रबन्धक प्रकाश गौतम, कोहलपुर शाखाका प्रबन्धक दिनेश कुमार ढंगाना र नेपालगन्ज शाखाका प्रबन्धक बिकास चन्द, सहायक प्रबन्धक चन्द्र कुमार ऐर, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिक होमराज गिरी र सुनिल पुलामी थापालाई संयुुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

१९ औं वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडद्वारा आयोजित रक्तदान कार्यक्रममा क्षेत्रीय प्रबन्धक प्रकाश गौतम, कोहलपुर शाखाका प्रबन्धक दिनेश कुमार ढुंगाना,बिरेन्द्र कुमार बिक, यम नारायण महतो, सुरक्षा गार्ड धन बहादुर सिंह, अजय बोहरा, बिबेक बुढा, टेकलाल डाँगी, घनश्याम भण्डारी, गीता युवा चौधरी, स्वास्थ्यकर्मी धर्मेन्द्र सिंह, हर्क बहादुर थापा, मनिष पौडेल, रेडियो कृष्णसार एफ.एम.की प्राबिधिक अमृती थारु, नवराज सिंह, बिनोद सिंह, पुष्पा पुन, सागर खडका, शैलेन्द्र ऐडी, बिमल बाबु सेन्चुरी, दिलिप गुरुङ्ग, जोतिन्द्र तिवारी, सोनु अहमद, बिजय अधिकारी, कबिर शाक्य, हिकमत चौधरी, हेम चन्द्र थापा लगायत ३० जनाले रक्तदान गर्नुभएको थियो ।

उक्त रक्तदान कार्यक्रममा होमराज गिरी, सुनिल पुलामी थापा, ओम प्रकाश गोडिया रबीरेन्द्र योगीले प्राबिधिक सहयोग गर्नुभएको थियो । सो अवसरमा सुवोध आचार्य, शशीराज चौधरीको सक्रिय सहभागिता रहेको थियो ।