पलाँताको खाडामा आगलागी, १३ जना घाईते


खाडा गाँउ

९ पौष, कालिकोट । कालिकोट जिल्लाको पलाँता गाँउपालिका वडा नं १ खाडामा आज राती करिव २ बजेदेखि आगलागी भैरहेको छ ।

आगलागीबाट अहिले सम्म ८० घर जलेर नष्ट भैसकेको र अन्य घरहरुपनि जल्न सक्ने वडा अध्यक्ष मानबहादुर भण्डारीले बताउनुभयो ।

भौगोलिक विकटताका कारण आगलागीलाई नियन्त्रणमा लिन नसकिएको र राती नै प्रहरीमा जानकारी गराइता पनि भौगोलिक विकटताले अहिले सम्म प्रहरी घटनास्थल पुग्न नसकेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

आगलागी के कति कारणले भएको हो थाहा नभएको उहाँले बताउनुभयो । साथै आगलागीमा परि हाल सम्म १३ जना घाइते भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

वडा समितिको आज राती नै आपतकालिन बैठक बसी जनप्रतिनिधीको १ लाख भत्ता आगलागी पिडितलाई राहत दिने निर्णय भएको अध्यक्ष भण्डारीले बताउनुभयो । आगलागी भैरहेकोले घटनास्थलमा जान नसकिएको उहाँले बताउनुभयो ।

साथै वडा अध्यक्ष भण्डारीले सहयोगकोलागी सबैपक्ष संग अपिल गरेको फोन मार्फत त्रिरत्ना मिडियालाई जानकारी दिनुभएको छ ।