
लक्ष्मण बुढामगर
२६ जेठ, सुर्खेत । बराहताल गाँउपालिका ५ मा खानेपानीको ट्याङ्कीको निर्माण कार्य शुभारम्भ गरिएको छ ।
बराहताल गाँउपालिलका ५ को हल्दु साँझपानी नाउला आमपानी सहित ४ गाँउका १ सय १४ घरधुरीलाई लक्षित गरि १ करोड ९ लाख रुपैयामा खानेपानी ट्याङ्कीको निर्माण शुरु गरिएको हो ।
गाँउपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत र वडा नं ५ का वडाअध्यक्ष तिलकबहादुर मर्साङ्गीले संयूक्तरुपमा कुलो खनी ट्याङ्की निर्माण कार्यको शुभारम्भ गर्नुभएको आयोजनामा प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयको १ करोड तथा वडा नं ५ बाट ९ लाख रुपैयाको लागत रहेको छ ।
२० हजार घनमिटर क्षमताको खानेपानी ट्याङ्की निर्माणकालागि करिब ६ किलोमिटर लामो कुलो मार्फत पानी ल्याउन लागिएको गाँउपालिका अध्यक्ष तेजबहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो “६ किलोपमिटर कुलोबाट हामीले पानी ल्याई ट्याङ्कीमा जम्मा गर्ने गरि काम गरिरहेकाछौ जस्मा ४ किलोमिटरको कुलो निर्माण सम्पन्न गरिसकेका छौं अब २ किलोमिटर कुलो निर्माण सैगै ट्याङ्की पनि निर्माण गर्दैछौ र काम हामी समयमा नै सम्पन्न गर्छौ ।



Prawash Kumar Shakya । २६ जेष्ठ २०७७, सोमबार १३:३७ बजे