पलाता गाँउपालिकामा खानेपानी


तस्बिरः फेसबुक बाट
पलाता गाँउपालिका राज्यको पुन संरचना पछि ३ वटा साबिकका गाँउ विकास समिति मिलेर बनेकोछ । यहाँको सिमाना उत्तरमा मुगु, पश्चिममा पचालझरना गाँउपालिका र बाजुरा जिल्ला, पुर्वमा जुम्ला जिल्ला र तिलागुफा नगरपालिका र जुम्ला जिल्लाको हिमा गाँउपालिका रहेका छन् । कालीकोट जिल्ला सदरमुकाम देखि २५ कोष दुरी टाढा रहेको यो गाँउपालिका सुख्खा क्षेत्र घोषित गाँउपालिका हो । जनघनत्व बढी भएको राजनैतिक पार्टीको भोट बैंकको रुपमा चिनिने पलाँता गाँउपालिकामा सधै खानेपानीको अभावै अभावले ग्रस्त छ । नेपालको संविधान २०७२ को धारा १३५ उपधारा ४ ले प्रत्येक नेपालीका लागि सुरक्षित तथा ब्यवस्थित खानेपानीको पहुँच पुर्याउने लक्ष्य उल्लेख गरेतापनि पलाँताको लागि यो इतिहाँसको पाना भन्ने उक्ति सावित हुँन आँउछ । यति मात्र नभई संयूक्त राष्ट्र संघले पारित गरेको दिगो विकास लक्ष्य भित्र पर्ने १७ वटा सुचक भित्रको सुचक नं. ६ सन् २०३० सम्म सबै मावनका लागि सफा सुरक्षित र स्वच्छ पानीको पहँच हुनेछ भनि तय भएपनि यहाँको अवस्थालाई हेर्दा खानेपानी अधिकारका कुरा झल्किन आँउछ, यो रिजल्ट हेर्न बाँकिनैछ । आजको मानव विकासको र समृद्धिको यूग हो भन्ने गरिन्छ । अझै हाम्रा यस्ता वस्तिछन् जसका कारण हाम्रो विकास अझै कछुवाको गतिमा हिडिरहेको पाईन्छ ।
तथ्यांकलाई बिश्लेषण गर्दा हाल कालीकोट जिल्लामा ८३ प्रतिशत खानेपानीको उपलब्धता रहेको संरचना निर्माणको खानेपानी विभागको प्रतिवेदनबाट देखिन आँउछ भने पालाँता गाँउपालिकामा ८० प्रतिशत रहेको तथ्यांकको प्रतिवेदनमा उल्लेख छ । यो सत्य हो या होईन यथार्तता हेर्न बाँकिनै छ । जे होस् योजनागत निर्माणको आधारमा हुन सक्छ । मानव विकास सुचांकलाई हेर्दा कालीकोट जिल्ला नेपालको दोस्रो गरिबिको सुचांकमा देखिन आँउनु, खानेपानी आपुर्ति सँग जोडिन्छ ।
खानेपानी मानव शरिरको लागि अति आबश्यक नभई नहुने बस्तु हो । खाना बिना मानिस बाँच्न सक्छ तर पानी एक जीवन हो, यस बिना एक छिन, एक घडी पनि रहन गाह््रो पर्छ । त्यसैले खानेपानीलाई आधारभूत अधिकारको रुपमा संविधान कानुन र अन्तराष्ट्रिय दस्तावेजमा पनि उल्लेख गरिएको हो । पलाता गाँउपालिकामा जम्मा २४ सय २१ घरधुरी र १५ हजार, तिन सय, ३ जनसंख्या बसोवास गरेको जनगणना २०६८ बाट देखिन आँउछ । वर्तमान घरधुरी आधारभूत सर्बेक्षणका आधारमा तथ्यांकलाई हेर्दा एम वाटर सर्बे फारमका आधारमा यहाँका ४५ प्रतिशत घरधुरी मध्ये ५ प्रतिशतले मात्र सुरक्षित खानेपानी उपलब्ध भएको एक प्रारम्भिक सर्बेक्षणबाट देखिन आँउछ । सुख्खा कंकट पत्थरिलो जमिन भाौगोलिक बिटता भित्रको वन जंगलको कमि पानी मुल तथा संरक्षित भू भागको कमि साथै पानी मुल कम भएकै करण यहाँको प्राकृतिक अवस्था रहेको छ । अधिकांश वस्ति डाँडापाखा भिराला स्थानमा खोला कुवा ढुंगे धारामा गई दैनिक उपभोग्य पानी उपभोग गर्ने गरेका छन् भने केही वस्ति भने खोला नदि किनाराको पानी पिठिउमा बोकेर बिद्यालय जाने बालबालिकाको दैनिक पानी बोक्ने रोजगारिको जस्तो नै अवस्थाछ । अर्को तिर पाईपलाइनबाट ल्याएको गाँउको बिचमा एउटा मात्र धारामा रातभरि जाग्राम बसेर पानी पालो कुरेर खानेपानी भाँडा भर्ने चालचलन अझै बिद्यमान छ ।
गाउँपालिकाको अगुवाई बिभिन्न दातृ निकाय संघ र प्रदेश सरकार सँगको समन्वयमा यस क्षेत्रमा एक घर, एक घारा बनाउने नीति तथा कार्यक्रम तय गरि हाल वाटर एड नेपाल साझेदार संस्था किर्डाक नेपाल लगायत गैरसरकारी निकायहरुको सहकार्य बढिरहेको पाईन्छ भने गाँउपालिकाले पनि कुल बजेटको १७ देखि २० प्रतिशत खानेपानी तथा सरसफाई क्षेत्रमा बिनियोजन गरेको गाँउपालिकाबाट प्रकाशन भएको राजपत्रमा देखिन आँउछ । हाल यस गाँउपालिकामा स्वस्थ्य शिक्षा माफर्त पनि एक अनुकरणीय कार्य अगाडी बढेको पाईन्छ, जसकाकारण खानेप नी सुरक्षा योजना मुहान देखि मुख सम्मको सुरक्षा योजना महिनावारी स्वच्छता र व्यवस्थापन जस्ता क्रियाकलाप वाटर एडको सहयोगमा सबै वडा वस्तिमा महिला स्वास्थ्य स्वयंसेविका मार्फत अगाडि बढाउने र चेतनामुलक कार्यलाई प्रभावकारी कर्यान्वयन गर्ने लक्ष्य गाँउपालिकाले अवलम्बन गर्ने आगामि ३ बर्ष भित्र २४ सय २१ घरधुरीमै एक घर, एक धाराको पहँच पुर्याउने नीतिगत कार्य दिशा रहेको वताउछन् गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाति कान्छा । खानेपानीलाई उच्च प्राथमिकतामा राख्नु पर्छ भन्ने अवधारण राज्यका सबै निकायबाट प्राथमिकता दिएपनि स्थानीय सरकार सँगको कर्मचारी अपुगता विषय बिज्ञको कमिका कारण कतिपय नीतिका कार्यवीधिका कठिनाई रहेको पलाता गाँउपालिका प्रशासन फाँटमा कर्मचारी बताउछन् ।
नेपालको बदलिदो परिस्थिति र राज्यको संघिय संरचना भित्र कार्यान्वयन पक्षमा केहि कठिनाई हुनु स्वभाविक नै हो र यस गाँउपालिकाको नीति तथा अवधारणले मात्र सबै समस्याको समाधान नभई यहाँको स्थायी समाधानको बाटो खोजीनु पर्दछ । राज्यले यस क्षेत्रको विकाससँगै श्रोतको पहिचान गरि दिगो समाधानको विधिमा जानु पर्ने देखिन्छ । खानेपानी स्रोत सुक्दै जानु वातावरणिय प्रभाव जलवायू परिवर्तनको असरलाई समयानुसार अनुकुलन गर्दै नांगा रुखा डाँडाहरुलाई कसरी हरियाली बनाउन सकिन्छ । नर्सरी ब्यवस्थापन सँगै एकीकृत दिगो कृषि उत्पादनलाई उच्च प्राथमिकतामा राखि उत्पादन बृद्धि गराई आयात सँगै कृषि उपजको निर्यातलाई बढावा दिई आम्दानीका स्रोत बढाएमा समृद्धिको बाटोमा पलाँता एक नमुनाको रुपमा कोसेढुंगा साबित हुने बताउँछन्, स्थानीय जानकार बुद्धिजिबि । पलाँता तत्कालिन जिल्ला बिकास समितिको १८ औं जिल्ला परिषदले पनि यस क्षेत्रलाई सुख्खा खडेरी ग्रस्त क्षेत्रको रुपमा घोषणा गरि सरकारको ध्यान आकर्षण गरिएतापनि हालसम्म यस क्षेत्रको लागि कुनै प्रभावकारी योजना नभएको स्थानीय सरकारका प्रमुखको भनाईछ ।
अब स्रोत राज्यबाट विनियोजीत होस्, कार्यान्वयनमा हामी तत्पर छौ सबै निकाय अब जिम्बेवार भै अगाडी बढ्छौं । हाम्रो लक्ष्य अबको कार्यपालिकाको कार्य अवधि भित्रै समृद्धि पलाँताको खाका तय गर्ने छौ । अवको पलाँता पलाँता होइन नमुना समृद्धि र अनुकरणीय बनाउने सबै कार्यपालिका प्रतिनिधिहरुको एैक्यबद्धता देखिन्छ । यसैको अवधारणमा सञ्चालित छ पलाँता कार्यदल रोजगार दल । हाल बिभिन्न विकासकार्यमा संलग्न भै दैनिक काम गरि रहनु भएकोछ । जम्मा १५० जनाको सो कार्यदल देशकै एक नमुना रोजगार सृजना गर्ने विधिका रुपमा स्थापित छ । हाल यसकोे अन्य स्थानीय निकायमा पनि सकारात्मक प्रभाव परेको पाईन्छ ।

 

लिला न्यौपाने सामाजिक अभियान्ता
Chat Conversation End