चाँदनीको “आकाशमा उडी जान………” (भिडियोसहित)


२९ पौष, काठ्माण्डौं । नवोदित गायिका चाँदनी शाक्यको नयाँ गित “आकाशमा उडी जान मन लाग्छ……” बोलको गित सार्वजनिक भएको छ ।

बाँकेको नेपालगञ्ज जन्मघर मै काठमाण्डौंमा कर्मघर हुनुभएको गायिका शाक्यको गित युट्युव च्याल OSR Digital बाट सार्वजनिक गरिएको हो ।

गितमा श्याम महर्जनको शब्द संगित र एरेन्जमा रहेको रहेको छ भने गितको भिडियोको छायाँकङ्कन अमर चित्रकार र रक्षकभुषण बज्राचार्यले गर्नुभएको छ । नवोदित गायिका शाक्यको गतबर्ष तीज गित “के लेखी दियो भाग्यमा मेरो बुझ्नलाई………” सार्वजनिक भएको थियो ।

हालै सम्पन्न जीवन्त नेपाल म्यूजिक अवार्डबाट गायिका शाक्यले नव गायिकाको अवार्ड आकाशमा गीतबाट सम्मानित हुनुभएको थियो ।