दिपाश्री निरौलाको डेब्यू निर्देशनमा तयार फिल्म ‘६क्का पञ्जा’को पहिलो गीत रिलिज भएको छ । पुर्व पश्चित रेल बोलको सार्वजनिक गीतमा फिल्मका प्रायः सबैजसो लिड कलाकार फिचरिङमा छन् ।
सुमधुर स्वरको गीतमा समावेश संगीत पनि मिठासपुर्ण छ । ऐतिहासिक रेकर्ड कायम गरेको ‘सुर्के थैली’ बोलको गीत पछि यो गीत पनि दर्शकको मन मष्तिष्कमा बस्नसक्छ । फिल्म भदौ २४ मा रिलिज हुँदैछ ।
गीतमा अञ्जु पन्त र राजनराज सिवाकोटीको स्वर छ भने संगीत पनि राजनकै हो । ‘६क्का पञ्जा’मा प्रियंका कार्की, दिपकराज गिरी, बुद्धी तामाङ, जितु नेपाल, केदार घिमिरे लगायत अभिनयमा छन् ।
साभारः फिल्मीखबर अनलाइन



Prawash Kumar Shakya । १५ जेष्ठ २०७३, शनिबार १५:३९ बजे