अन्जुले गरिन हिन्दी गित कभर


नेपालकी चर्चित तथा लोकप्रिय गायिका अञ्जु पन्तले बलिउड गीत गाएकी छिन् । भारत सँगै नेपालमा पनि एकदमै चर्चित बनेको गीत ‘तुज से नाराज नहि जीन्दगी’ बोलको गीतमा अन्जुले कभर गाएकी हुन् । नेपाली गीतहरुमा स्वरको जादु चलाईसकेकी गायिका अञ्जुले पहिलो पटक हिन्दी गीतको कभर गाएर सार्वजनिक गरेकी हुन् ।

राहुल देव बुरमानको संगीत रहेको गीतममा गुलजारको शब्द रचना रहेको छ भने गीतको ओरिजिनल भर्जनलाई लता मंगेसकरले गाएकी हुन् । अञ्जु पन्तको स्वरमा रहेको कभर गीतलाई धेरैले एकदमै राम्रो भएको प्रतिक्रिया दिएका छन् भने कतिले त ओरिजिनल भन्दा पनि राम्रो गाएको भनी तारिफ समेत गरेकी छिन् । गीतको भिडियोमा अञ्जुले गीत गाएको स्टेपहरुलाई देखाईएको छ । भिडियो अञ्जुले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।

साभारः  नेपालीन्यूजलाईन अनलाईन