एकताको औपचारिक निर्णय गर्नको लागि थापा निकट केन्द्रिय सदस्यहरुको शनिबार बैठक बसेको थियो। बैठकले एमाओवादीसँग भएको १२ बँदे आधारपत्रलाई पारित गरेको छ। ‘बैठकले एकताको लागि भएको १२ बुँदे आधारपत्रलाई पारित गरेको आचार्यले बताए। केन्द्रीय समितिमा एक हप्ता भित्र पार्टी एकतालाई टुंग्याउने सहमति बनेको उनले बताए। १९९ सदस्यीय केन्द्रीय समितिमा १३० थापाको पक्षमा भएको आचार्यले दावी गरे।
बैठकले कसैलाई कारबाही नगरेको तर थापाको अध्यक्षतामा केन्द्रीय समिति बैठक बसेको नेता देब गुरुङले बताए। ‘बैठकले कसैलाई कारबाही गरेको छैन’, गुरुङले भने, ‘गतिशिल पार्टीले यस्तै बैठक बसेर ठोष निर्णय लिन्छ।’
बैठकमा पार्टी एकीकरण पछि कार्य विभाजन कसरी गर्ने भन्ने बारेमा पनि छलफल भएको थियो। एकता पछि बहुपदीय मा जाने वा एक पदीयमा जाने भन्ने बारेमा छलफल भैरहेको आचार्यले बताए। पद बाँडफाँडको बारेमा दुबै पक्षको सहमतिमा निर्णय हुने उनको भनाई छ।
यता शनिबार साँझ नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यले एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी सिद्धान्त र कार्यदिशालाई परित्याग गरेर पार्टी एकताको हल्ला गर्नु नकारात्मक भएको बताएका छन्। उनले यसको पछाडी नकारात्मक पक्ष नै प्रभावी रहेको आरोप लगाएका छन्।
उनले विशेष अपिल भन्दै जारी गरेको विज्ञप्तिमा फ्रेडरिक एङ्गेल्सको भनाई उदृत गर्दै एकताको कडा शब्दमा विरोध गरेका छन्। ‘एकता’ को नाराले हामी भ्रममा पर्नुहुँदैन । जुन मानिसहरूका मुखबाट यो शब्द सबैभन्दा बढी सुन्न पाइन्छ, तिनले नै सबैभन्दा बढी फुटका बीज रोपिरहेका छन्’ २० जुन १८७३ मा फ्रेडरिक एङ्गेल्सले अगस्त बेबेलको नाममा पठाएको पत्रबाट यो भनाई सापटी लिँदै एकतामा जान नहुने वैद्यले तर्क गरेका छन्
उनले आफ्नो एकताको नाममा आफ्नो पार्टी फुटाउने अनेकौं कसरत भइरहेको बताएका छन्।
पार्टी केन्द्रीय समिति बैठकमा बैद्यको प्रस्ताव विरुद्ध रामबहादुर थापाले ख्रुस्चेभ पक्षीय विचार सहितको प्रस्ताव पेश गरेको आरोप लगाएका छन्। ‘किरणको प्रस्तावमा उल्लिखित नयाँ जनवादका विरुद्ध बादलद्वारा राष्ट्रिय जनवाद अर्थात् राष्ट्रिय प्रजातन्त्रको ख्रुस्चोभ तथा तुल्सीलाल पक्षीय विचारसहितको प्रस्ताव प्रस्तुत गरियो’ विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा थापाले पत्रको नौटङ्की गरेको आरोप लगाइएको छ। उनले थापा पक्ष फुटवादमा पतन भएको आरोप लगाएका छन्। उनले थापा पक्षकले बोलाएको केन्द्रीय समिति बैठक पछि पार्टी औपचारिकरुपमा विभाजन भएको बताएका छन्। ‘हाम्रो पार्टीले यस गुटलाई नवसंशोधनवादपरस्त पुच्छर प्रवृत्तिमा आधारित अवसरवादी गुटका रूपमा लिएको छ’ बैद्यले भनेका छन्।
– See more at: http://www.nagariknews.com/main-story/story/72073.html#sthash.0aFyaBoj.dpuf



Prawash Kumar Shakya । १ जेष्ठ २०७३, शनिबार १४:४२ बजे