
८ पुस, सुर्खेत । निःशुल्क स्वास्थ्य शिविरका संचालनका लागि सुर्खेतमा ‘न्यु इयर इभ’ कार्यक्रम हुने भएको छ ।
दैलेख जिल्लाको गुँरास गाउँपालिकाको- ६ का लागि निशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना उदेश्यका साथ अंग्रेजी नयाँ बर्ष २०१८ स्वागतकालागि सुर्खेतमा ‘न्यु इयर इभ’ कार्यक्रम सञ्चालन गर्न लागिएको पुनम फाउन्डेसनका अध्यक्ष पुनम बि.सी.ले जानकारी दिए ।
कार्यक्रम सन् २०१७ डिसेम्वरको अन्तिम दिन ३१ तारिखमा सञ्चालन गरिने भएको हो । मिठोसिकाइ फाउन्डेसन र पुनम फाउन्डेसनले संयुक्तरुपमा कार्यक्रम आयोजना गर्न लागेका हुन् । कार्यक्रम सुर्खेत गोदामलाइनमा स्थित सुबिना रेष्टुरेन्टमा सञ्चालन हुने मिठोसिकाई फाउन्डेसनका अध्यक्ष हेमन्त बस्नेतले बताए । उनले भने, ‘कार्यक्रममा सुर्खेतको संयोग व्याण्ड संगित र डान्स सुर्खेत लिटिल स्टारमा उत्कृष्ट दश सहभागिहरुले आफ्नो नृत्य प्रस्तुत गर्नेछन् ।’ कार्यक्रममा सहभागिताको लागि कुनै शुल्क नरहेको उनले बताए ।



Prawash Kumar Shakya । ८ पुष २०७४, शनिबार १५:३९ बजे