छिन्चु नजिक पाँडुलेमा माइक्रोबस दुर्घटना


फोटोः सोम ढकालको फेसबुकबाट

२ भाद्र, सुर्खेत । रत्नराजमार्गको नेपालगन्ज-सुर्खेत सडक खण्डको छिन्चुको पाडुले नजिक माइक्रो बस दुर्घटना भएको छ । नेपालगंजबाट सुर्खेत तर्फ आउँदैगरेको लु १ ख ४०११ नम्बरको माइक्रो बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएकाहरुको अहिले प्रदेश अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

फोटोः सोम ढकालको फेसबुकबाट