
हरि कृष्ण कुमाई, जुम्ला
पौष १९,
सडक सञ्जालले जोडिए संगै जुम्ला स्याउ उत्पादनमा आत्मनिर्भर बनेको छ । जुम्लामा १८ हजार घरधुरी मध्ये १४ हजार स्याउ बगैँचा रहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । जुम्लाका अधिकांश घरपरिवारको आय आर्जनको मुख्य श्रोत भएको छ ।
बार्षिक आम्दानी किसानहरुको न्युनतम ५० हजार देखि आठ लाख सम्म हुने गरेकोले घर परिवारको घर खर्चमा सहज भएको चन्दननाथ नगरपालिका १० की मायालक्ष्मी देवकोटाले बताउनुभयो । । यो वर्षस्याउ बाट एक लाख पचास हजार आम्दानी भएको थियो । स्याउ खेति बाट किसानहरुलाई फाईदा नै छ । तर सरकारले स्याउ किसानहरुलाई अनुदान दिन नसकेको उहाँले गुनासो पोख्नभयो ।
अहिले स्याउ खरिद गर्नकालागि बगैँचा सम्म नै व्यापारीहरु जाने गर्दछन् । सिजनमा प्रति केजी रु ५० र हाल रु १०० मा जुम्लाको अर्गानिक स्याउ बिक्री भईरहेको छ । यो वर्षमात्र जुम्लामा ३७ सय मेट्रिकटन स्याउ उत्पादन भएको थियो । २२ सय मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ । A र B ग्रेडको बजारमा जान्छ भने C ग्रेडको स्याउ बाट चाना, जाम, साइटर, जुस र ब्राण्डी बनाएर पनि किसानले नगद आम्दानी गर्ने गरेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत बालकराम देवकोटाले बताउनुभयो ।
यो वर्ष १५ प्रतिशतले जिल्लामा स्याउ उत्पादनमा वृद्धि भएको तथा १७ करोडको स्याउ यो वर्ष अरु जिल्लामा गएको कृषि कार्यालय जुम्लाले जानकारी दिएका छ ।



Prawash Kumar Shakya । १९ पुष २०७४, बुधबार १३:४६ बजे