सुर्खेतको ऋणि छु भन्दै भक्कानिय निबर्तमान अध्यक्ष शर्मा



फागुन १२, सुर्खेत ।

सुर्खेतले मलाई अबिर, खादा सहित जिम्बेवारी प्रदान गर्यो, देशका बिभिन्न भूभागमा जाँदा पनि सुर्खेतको झझल्को आइरहन्छ । अझै भेरी पूल तरेपछि त साँच्चै मन भक्कानिन्छ, मलाई जिम्वेवारी प्रदान गर्ने पवित्र भूमि र यहाँ बसोवास गर्ने सबैलाई सम्झि रहन्छु, जुन सहयोगको म सँधै ऋणि छु, भावबिह्व मुद्रामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठना नेपालका निबर्तमान अध्यक्ष चन्द्र शर्माले शनिबार प्रतिष्ठानको कर्णाली प्रदेश कार्यालयको उद्घाटन समारोहमा यस्तै भावनात्मक रुपमा जिन्दगीका तिता मिठा क्षणहरुको कुम्लो फुकाए ।

सुर्खेतसँगको साइनो पुरानो मात्रै नभई प्रतिष्ठानको केन्द्रिय अध्यक्षको जिम्बेवारी पनि यहि भूमिले प्रदान गरेको भन्दै यहाँको कला, साहित्य, संगित र यहाँका सहयोगी मनहरुसँगको सम्बन्ध बाट टाढा हुन चाहेपनि हुन नसक्ने भन्दै देशका सात वटा प्रदेश मध्य कर्णाली प्रदेशले पहिलो प्रदेश कार्यालयको उद्घाटन गरेकोमा पनि खुसि ब्यक्त गर्नुभयो ।

प्रदेशका अध्यक्ष रामबहादुर बुढाले आगामी बैसाख भित्र शाखा गठन गर्न बाँकि जिल्लाहरुमा शाखा गठन गरिसक्ने बचन गर्दै कलाकारहरुलाई गाँउने र नाच्ने मात्रै नसोची समाज सेवामा क्रियाशिल भइरहेको बिषयमा अनभिज्ञता जाहेर नगर्न सबै पक्षलाई आग्रह गर्नुभयो ।

शाखा उद्घाटन कार्यक्रम प्रतिष्ठानका निबर्तमान प्रथम उपाध्यक्ष टिकाराम चपाइले जिल्ला शाखा र प्रदेश कार्यालयको समन्वयमा बिगतका भन्दा प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्दै पश्चिमा सँस्कृतिको सिको गर्न नहुने सुझाउनुभयो ।

प्रतिष्ठानका केन्द्रिय सदस्य तारापति सुवेदीले सबै प्रदेश भन्दा पहिलो प्रदेश कार्यालय बन्न सके झैं आगामी दिनमा पनि मूलुकको उच्च प्रदेश कार्यालय बन्नेमा विश्वस्त रहेको बताउनुभयो ।

बरिष्ट नृत्य निर्देशक कूलमान नेपालीले लोक सँस्कृतिको जगेर्नामा कलाकार मात्रै नभई सरकारी निकायबाट पनि सहयोग र हौषलाको अपेक्षा ब्यक्त गर्नुभयो ।

प्रतिष्ठान शाखा सुर्खेतका अध्यक्ष उत्तम शर्माले प्रदेश र जिल्ला शाखा हातेमालो गर्दै लोक सँस्कृतिको जगेर्नामा क्रियाशिल भइरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

बिभिन्न क्षेत्रमा बरिष्ट ब्यक्तिहरुको सहभागितामा सम्पन्न प्रदेश कार्यालय उद्घाटन समारोहले आगामी दिनमा कर्णाली प्रदेश कला, सँस्कृतिमा थप योगदान दिने हौषला मिलेको प्रदेश सचिव हरिमाया कार्कीले प्रतिक्रिया दिनुभयो ।

मूलुकका अन्य प्रदेशमा प्रदेश कार्यालय स्थापना हुन नसकेको अबस्थामा कर्णाली प्रदेशले कार्यालय स्थापना गरि कामकाज सञ्चालन गरेको छ ।